bardiyahospital

बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले नै दर्ता विना औषधी पसल सञ्चालन गरेपछि…

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले विना दर्ता सञ्चालन गरेको औषधी पसल सिल गरिएको छ । औषधी व्यवस्था विभाग नेपालगञ्ज कार्यालयले स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले सञ्चालन गरेको पसल सिल गरेको हो ।
शाखा प्रमुख महेश चौधरीले बाँसगढी नगरपालिका–७ मा राजवंशी चौधरी क्लिनिक सञ्चालन गर्दै आउनु भएको थियो । शाखा प्रमुखले सञ्चालन गरेको क्लिनिक दर्ता नभएको र म्याद गुज्रिएको औषधी बिक्री गरेको भन्दै औषधी व्यवस्था विभाग नेपालगञ्ज शाखाले गत पुष २२ गते सिल गरेको हो ।

बाँसगढी नगरपालिका–७ का वडा अध्यक्ष बलिराम थारुले औषधी व्यवस्था विभाग नेपालगञ्जबाट आएको टोलीले राजवंशी चौधरी क्लिनिकमा सिल गरेको बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय, वडालाई रोहवरमा राखेको सिल गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘औषधी व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले शाखा प्रमुखले दर्ता नगरी क्लिनिक सञ्चालन गरेको उजुरी परेपछि आएको बताए पनि यस बारेमा मलाई धेरै थाहा छैन ।’

cld

यस बारेमा कुरा गर्न पटक पटक फोन गरेपनि स्वास्थ्य शाखा प्रमुख महेश थारुले फोन उठाउनु भएन । भने औषधी व्यवस्था विभाग नेपालगञ्ज कार्यालयको फोन पनि उठेन ।

औषधी पसल औषधी व्यवस्था विभागमा दर्ता गरेर मात्र सञ्चालनका गर्न पाउने नियम रहेको छ । औषधी पसल दर्ता गर्दा फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम गरेको व्यक्ति हुनुपर्छ । पसल दर्ता गर्दा प्रति बन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरु पालना गर्ने गरी औषधी पसल सञ्चालनको अनुमति पाउने नियम रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.