bardiyahospital

जन्मदिनमा गौशालालाई आर्थिक सहयोग

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । आधिकारिक टेड युनियनका अध्यक्ष नारायणप्रसाद पराजुलीले आफ्नो जन्मदिनको अवसरमा गौशालामा आर्थिक सहयोग गर्नु भएको छ । बारबर्दिया नगरपालिका –९ मा रहेको गौनन्दी संरक्षण तथा  बसाहा वडा गौ सेवा आश्रममा आर्थिक सहयोग गर्नु भएको हो । 

कुनै समय प्रायः घरमा पाइने गाई अचेल मानिसले छाडा छोडिदिँदा छाडा चौपायाको रुपमा रहँदै आएका छन् । गाईगोरुलाई छाडा छोडी दिँदा  किसानको अन्नबाली नोक्सान हुने गरेको छ ।  बालिनाली नोक्सान हुदाँ किसानले गाईगोरुलाई कुटपिट गर्ने, खुट्टा भाँचिदिने, आगोले पोलिदिने जस्ता समस्या गाईले भोग्दै आएका छन् ।

cld

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पराजुलीले गाई धर्म संस्कृति र संस्कारसँग जोडिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हरेक धार्मिक कर्ममा गाईको गोबर, दही,  दूध लगायत पर्छ तर पछिल्लो दिनमा गाईलाई अपहेलना गरिएको जस्तो भएको छ, गाई वर्षमा एक पटक जन्मदिनको अवसर पारेर गाईलाई दानापानी खुवाउन सकियोस् भनेर गौशालामा आर्थिक सहयोग गरेको हुँ । 

पराजुलीले आफ्नो ५७ औ जन्मदिनको अवसरमा गौशालामा सात हजार एक सय रुपैयाँ सहयोग गरेको गौशालाले जनाएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.