bardiyahospital

उत्कृष्ट कार्यालय प्रमुख डाक्टर पाण्डेय

Geruwa GIF

कृष्णसार अनलाइन ,गुलरिया । जिल्ला प्रशासन कार्यालयले मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुवास पाण्डेयलाई पुस महिनाको उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले कार्यालय प्रमुखको बैठकबाट  डाक्टर पाण्डेयलाई कार्य सम्पादनको आधारमा पुस महिनाको उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका कार्यालयहरू मध्येबाट उत्कृष्ट काम गर्ने कार्यालयका प्रमुखहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले कार्यालय प्रमुखलाई मासिक रुपमा सम्मान गर्ने प्रचलन सुरु गर्न भएको हो । 

प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जिल्ला रहेर सेवा प्रभाव गरेका कार्यालयहरू बीचको समन्वय बैठक कार्यालय प्रमुखको बैठक भएकोले प्रत्येक महिना उत्कृष्ट काम गर्ने कार्यालय प्रमुखलाई सम्मान गर्ने बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘संघ ,प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने गरेको योजनाहरू समन्वय र सहकार्य नहुदाँ विभिन्न समस्या आउने गरेको हुन्छ । त्यस्ता समस्यालाई न्यूनिकरण गर्न कार्यालय प्रमुखको प्रत्येक महिना बैठक हुन्छ । सोही बैठकमा उत्कृष्ट काम गरेका कार्यालय प्रमुखलाई सम्मान गर्दा आगामी काम गर्न प्रेरणा मिल्ने र भइरहेको सेवा प्रभाव अझै प्रभावकारी हुने भएकोले पनि यस्तो सुरुवात गरिएको हो । अन्य कार्यालय प्रमुखले पनि अर्को महिना महिना उत्कृष्ट हुने गरेर काम गर्ने कामको बीचमा प्रतिस्पर्धा हुने भएकोले उत्कृष्ट कार्यालय प्रमुखलाई सम्मान गर्न थालिएको हो । ’

समयको व्यवस्थापन गर्नका लागि कार्यालय प्रमुखको बैठकमा बैठक सुरु हुने समय र बैठक सकिने  जिल्ला अधिकारी खरेलले जानकारी दिनुभयो ।‘ उहाँले सेवाग्राहीले गरेको मूल्यांकन, कार्यालयले प्रस्तुत गर्ने प्रतिवेदनका र अन्य पक्षलाई आधार मानेर उत्कृष्ट कर्मचारी छनौट गर्ने जानकारी दिनुभयो । 

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीले सुरुवात  गर्नु भएको नयाँ अभ्यास उत्कृष्ट कार्यालय प्रमुखलाई सम्मान गर्न कार्य सकारात्मक तथा रचनात्मक भएको यस्ता कार्यले कर्मचारीमा काम गर्न थप उर्जा मिल्ने  बनाउने बताउनु भयो । उहाँले भन्नुभयो,  कार्यालय प्रमुखको बैठकमा पुस महिनाको उत्कृष्ट कार्यालय प्रमुख हुन पाउँदा खुसी लागेको छ, यो सम्मानले  संस्थालाई थप सुदृढ बनाउन प्रोत्साहन मिल्दो रहेछ । यो सम्मानले थप काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु ।’

लुम्बिनी प्रदेश सरकारले गरेको अस्पतालको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा बर्दिया जिल्ला अस्पताल ९६ अङ्कका साथ लुम्बिनी प्रदेश प्रथम भएको छ । भने देशभरका अस्पतालहरूमा भने बर्दिया अस्पताल दोस्रो स्थान र पहिलो स्थानमा  भक्तपुर अस्पताल रहेको छ ।

मंगलबार बसेको कार्यालय प्रमुखहरूको बैठकले अब देखि हरेक महिनाको ४ गते बैठक बसेर संस्था प्रमुखलाई महिनाको उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान दिइने निर्णय भएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.