Division forest_Ads
Barista_Training

स्वास्थ्य स्वयंसेविकालाई सुरक्षित खानेपानी तथा फिल्टर सम्बन्धी तालिम 

Geruwa GIF

कृष्णसार  अनलाइन, गुलरिया । बढैयाताल गाउँपालिकामा सुरक्षित खानेपानी तथा बायोस्याण्ड फिल्टरको उचित प्रयोग तथा फिल्टर सफा गर्ने तरिकाबारेमा दुई दिने तालिम दिइएको छ ।  बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपाल बर्दियाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकालाई दुई दिने तालिम दिइएको हो ।
पानी मानव वन्यजन्तु पशुपक्षी तथा बोटबिरुवाको  लागि अति आवश्यक तत्व हो । पानी विना हामी बाँच्ने कल्पनासम्म पनि गर्न सक्दैनौ । तर हामीले प्रयोग गर्ने पानी

असुरक्षित र दुषित हुदाँ हामीलाई अनेक खालको रोग लाग्ने गर्दछन् ।  त्यसैले सुरक्षित र सफा पिउने पानीको प्रयोग अति आवश्यक छ । 

बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले  स्वास्थ्य सेवाको बारेमा घरघरमा पुगेर सन्देश प्रवाह गर्दै नागरिकलाई स्वास्थ्य संस्थासँग जोड्न महिला स्वास्थ्य स्वयंसेविकाले  महत्वपूर्ण भूमिका  निर्वाह गर्दै आउनु भएको बताउनु भयो । उहाँले भन्नुभयो, जसरी स्वास्थ्य स्वंयसेविकाले स्वास्थ्य सेवाको बारेमा सन्देश प्रवाह गर्न भएको छ, त्यसैगरी   सुरक्षित खानेपानी  प्रयोग र फाइदाको बारेमा पनि बताउन स्वास्थ्य स्वंयसेविकाले भूमिका निर्वाह हुनेछ । बढैयाताल गाउँपालिका आर्सेनिक भएको पानीका कारण त्यहाँका मानिसले विभिन्न समस्या भोग्दै आउने परेको छ ।त्यसको न्यूनिकरणका लागि बायोस्याण्ड फिल्टर उपयुक्त हुने रहेछ ।  फिल्टर प्रयोग गर्न प्रोत्साहन खालका कार्यक्रम पालिकाले आगामी दिनमा गर्ने योजनामा रहेको छ ।’

Basgadhi PSA_final

कार्यक्रममा बोल्दै बढैयाताल गाउपालिका –६ का अध्यक्ष शुक्रराज सापकोटाले वडाले सह लगानीका फिल्टर वितरणको कार्यक्रम सञ्चालन गरेको थियो तर कसैको पनि निबेदन  भएन  समूदायमा अझै पनि फिल्टरको प्रयोगबाट छानेर सुरक्षित र सफा पानी पिउनु  सूचना प्रवाह हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो स्वास्थ्य स्वयंसेविकाले पानी उचित प्रयोगको बारेमा तालिममा सिकेको कुरा समुदायसम्म पुर्याउन आग्रह गर्नु भयो ।

बढैयाताल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले दुई दिने तालिमले महिला स्वयंसेविका खानेपानीको सुरक्षित उपयोग कसरी गर्न थप ज्ञान आर्जन भएको बताउनु भयो । उहाँले तालिममा सिकेको कुरालाई  समुदायसम्म जोड्न स्वयंसेविकाले पुलको भूमिका खेल्ने र पालिका रहेक नागरिकलाई पानीको बारेमा बताउने विश्वास व्यक्त गर्न भयो ।

बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपाल बर्दिया खम्बप्रसाद धर्तीले कार्यक्रम अवधीभर कार्यक्रममा सहभागी स्वयंसेविका फिल्टरमा देखिएको समस्याको समाधान कसरी गर्ने भन्ने सीप सिक्न सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, अन्य पालिकाको तुलनामा बढैयाताल मा सुरक्षित खानेपानीको पहुँच कम देखिएको स्वयंसेविकाले सुरक्षित खानेपानीको बारेमा समुदाय स्तरमा पुगेर सुरक्षित खानेपानीसम्मको पहुँच जोड्ने भूमिका निवार्ह गर्ने बताउनु भयो ।

  माघ २२ र २३ गते भएको कार्यक्रम पालिकामा रहनु भएको २७ जना स्वयंसेविकालाई तालिममा सहभागी गराइएको बायोस्याण्ड फिल्टरका उद्यमी संगठनको सचिव डम्बर परियारले  जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.