bardiyahospital

टुर डे ठाकुरद्वारा

Geruwa GIF

लक्ष्मी चौधरी नेपालगञ्ज । टुर डे ठाकुरद्वारा पाचौँ संस्करणमा २ सय बढी साइकल यात्री सहभागी भएका छन् ।  चीन, भारत तथा नेपालका विभिन्न शहरबाट गरी २ सय बढी साइकल यात्रीको सहभागिता भएको हो ।  

नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा एक सय चार किलोमिटरको रहने छ ।

cld

साइकल यात्रीहरू ठाकुरद्धारा सम्ममा पुगेर पाचौँ संस्करण सकिने टुर डे ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘साइकल उत्सव अन्तर्गत महत्वपूर्ण दुई वटा इभेन्टलाई सञ्चालन भएको छ ।  नेपालगन्ज किड्स रेस प्रतियोगिता अर्को महत्वपूर्ण इभेन्ट भनेको टुर डे ठाकुरद्वारा हो ।’
टुर डे ठाकुरद्वाराबाट मेची देखि महाकालीलाई जोड्ने प्रयास पनि रहेकाले पूर्वको धरानदेखि पश्चिमको धनगढीसम्मका सहभागीहरूको सहभागिता रहेको संयोजक निरौलाले बताउनु भयो ।

साइकल यात्राका सहभागी साइकल यात्रीहरू मार्फत यहाँको पर्यटन बजार व्यवसाय चलाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताउनु भयो । 

०७५ सालबाट सुरु भएको टुर डे ठाकुरद्वारालाई सन् २०२२ बाट साइकल उत्सवका रुपमा अगाडि बढाएको छ  ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.