Krishnasar_Dubble Ad
Barista_Training

मलेसिया बिरामी भएका बारबर्दियाका  शिवप्रकाशको  उद्धार

Geruwa GIF

विनोदकुमार परियार, बाँसगढी । जनउद्धार केन्द्रले प्यारालाइसिस भएका बारबर्दियाका १ का ४० वर्षीय शिवप्रकाश थारूको उद्धार गरेको छ । मलेसियामा कमाउन गएका  थारूलाई प्यारालाइसिस  थाहा पाएपछि जनउद्धार केन्द्रले उद्धार गरेको हो । 

थारू विगत लामो समयदेखि अवैधानिक रुपमा मलेसियाको पेनाङ्ग स्थित एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका थिए ।  प्यारालाइसिस रोगबाट ग्रस्त भएका थारू विगत तीन महिना देखि ओछ्‌यान  थलिएका थिए । 

Basgadhi PSA_final

कागजात आवश्यक कागजात नभएकोले उनलाई अस्पताल भर्ना गरेर उपचार गराउन सम्भावना नभएपछि केन्द्रले आवश्यक कागजात बनाउन नेपाली दूतावास मलेसियालाई आग्रह गरेको थियो ।  बिरामीले जतिसक्दो छिटो स्वदेश फर्कन पाए बाँकी उपचार नेपाल गएर गर्ने मनसाय व्यक्त गरे , दूतावासले पनि यथाशीघ्र ट्राभल डकुमेन्ट उपलब्ध गराएपछि , उनलाई सकुशल नेपाल फर्काउन सफल भएको केन्द्रका अध्यक्ष केशु थापाले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘ बिरामीसँग वैधानिक कागजात थिएन । त्यसै माथि उनीसँग कोभिड भ्याक्सिन को प्रमाण समेत नहुदाँ मलेसियाको अध्यागमन बाट प्राप्त हुनुपर्ने कागजहरूको प्रक्रिया निकै लामो र झन्झटिलो बनेको थियो ।  यसको बाबजुद हामिले सम्पूर्ण प्रक्रिया मिलाएर  हिमालय एयरलाइन्स मार्फत फागुन २ गतेको  उडानमा नेपाल पठाउन सफल भएको छौँ । 

शिवप्रकाश थारूलाई नेपाल पठाउन पेनाङ्ग देखि केन्द्रका कोषाध्यक्ष विरस पुन एयरपोर्ट जानुभएको थियो  । नेपाल आइपुगेका थारूलाई जनउद्धार केन्द्रका संरक्षक तथा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले त्रिभुवन बिमास्थलमा बिरामीसँग भेटघाट गरि बिरामीलाई परिवारको जिम्मा लगाउनु भएको थियो ।  थारूको उपचार वीर अस्पताल काठमाडौँमा भइरहेको छ ।

     

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page