Division forest_Ads
Barista_Training

शिक्षा पाश्र्वचित्र सार्वजनिक

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बारबर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले बारबर्दिया शिक्षा पाश्र्वचित्र सार्वजनिक गरेको छ । शैक्षिक विकासको लागि प्रथामिकता दिएर अगाडी बढेको नगरपालिकाले बारबर्दियाको शैक्षिक अवस्थाको विश्लेषण गरी तयार पारीएको बारबर्दिया शिक्षा पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।

पाश्र्वचित्रको सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा ‘हिमाल’ले शैक्षिक विकासको लागि बारबर्दिया नगरपालिकाले महत्वपुर्ण योगदान गरेको बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रको लगानी दिगो विकासको लागि भएको बताउँदै शैक्षिक विकासका लागि बारबर्दिया नगरपालिकाबाट सबैले पाठ सिक्नु पर्ने बताउनु भयो ।

Basgadhi PSA_final

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु ‘कबिर’ले पाश्र्वचित्रले बारबर्दियाको वास्तविक शैक्षिक अवस्था झल्काउने बताउँदै शिक्षा सँग सम्बन्धीत योजना बनाउनका लागि यसले महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले बारबर्दियाको बजेट मध्ये २३ प्रतिशत बजेट विनियोजन गरेको बताउँदै यती बजेट संघिय सरकारले समेत नछुट्याएको दावी गर्नु भयो । नगरपालिकाले गरेको लगानी अनुसार सम्पुर्ण शिक्षकहरुले मेहनत गरेकै कारण शिक्षामा सोचे अनुरुप प्रगती देखिएको उहाँको भनाई छ ।

शिक्षा पाश्र्वचित्रमा बारबर्दियाको परिचय , शैक्षिक अवस्था, शैक्षिक तथ्याङ्कहरु समेटिएको छ । पाश्र्वचित्र अध्ययन पश्चात् बारबर्दियाको वर्तमान शैक्षिक अवस्थाको बारेमा स्पष्ट हुने श्री युवक मा वि दुग्धाका प्रधानाध्यापक केशवराज बस्यालले बताउनु भयो । उहाँले शैक्षिक योजनाका लागि आवश्यक पर्ने सम्पुर्ण जानकारी पुस्तकमा समेटिएको बताउनु भयो ।


नगरप्रमुख दुर्गाबहादुर थारु ‘कविर’का अध्यक्षतामा भएको पाश्र्वचित्र सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा ‘हिमाल’ हुनुहुन्थ्यो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख अञ्जु दहित, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, वडाध्यक्षहरु, शिक्षक, विद्यार्थी, समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थीती रहेको थियो ।

पाश्र्व चित्र पुस्तक ६ सय प्रति प्रकाशन भएको छ । प्रकाशित पाश्र्वचित्र सम्बन्धीत सरोकारवालाहरुलाई निःशुल्क वितरण गरीने भएको छ । पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग प्लान नेपाल र स्याक नेपाल बाँकेले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.