Division forest_Ads

महाशिवरात्रि पर्वमा ११ जना बटुकले लघुरुद्री  पाठ गर्ने 

Bidhut Notice
Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । गुलरिया नगरपालिका –७ मा रहेको बगलामुखी मन्दिरमा महाशिवरात्रि पर्वमा आराध्यदेव महादेवको विशेष पुजा अर्चना  र लघुरुद्री  पाठ गरेर मनाइने भएको छ । महाशिवरात्रिको अवसरमा विशेष पुजा अर्चना गर्न लागिएको हो ।

मन्दिर व्यवस्थापन सस्मितले महाशिवरात्रिको अवसरमा ११ जना जना बटुक ब्राह्मणले लघुरुद्री  पाठ गर्ने कार्ययोजना रहेको जनाएको छ ।

Basgadhi PSA_final

 शिवरात्रिमा विशेष बनाउन शिव पुजन गर्ने,   दिउसो ३ बजेदेखि ६ बजेसम्म प्रसाद वितरण गर्ने मन्दिर व्यवस्थापन समितिको अध्यक्ष दीपक ढुङ्गानाले बताउनु भयो । उहाँले बेलुका ७ बजेदेखि यज्ञ कुण्डमा शिव धुनी जागरण गर्ने र साढे सात बजे देखि भजन कीर्तन गर्ने जानकारी दिनु भयो । 

शिवरात्रि पर्वलाई विशेष रुपमा मनाउन श्रद्धालु भक्तजनलाई महाशिवरात्रिको दिन मन्दिर प्राङ्गणमा  आउन मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले आग्रह गर्नु भयो ।

 प्रत्येक वर्ष फागुन चतुर्दशीको दिन शिवरात्रि मनाइन्छ । महाशिवरात्रिका शिव  आराधनाको विशेष महत्व रहेको छ । शिवको आराधना र महामृत्युञ्जय मन्त्रको पाठबिना शिव आराधना अपूर्ण हुने धार्मिक मान्यता रहेको छ । 

Leave A Reply

Your email address will not be published.