Division forest_Ads
Barista_Training

बालविवाह न्यूनिकरणका लागि बडघरसँग अन्तरक्रिया

Geruwa GIF

कृष्णसार अनलाइन । बासगढी नगरपालिकामा बालविवाह न्यूनिकरणका लागि बडघरसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरको आयोजनामा बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया  कार्यक्रम गरिएको हो । 

कम उमेर विवाह गर्दा बालबालिकाले अनेक समस्याको भोग्दै आएको छन् । कम उमेर विवाह गर्दा पढ्दापढ्दै विद्यालय छोड्ने , सानो उमेरमा कमाउनु पर्ने , शारीरिक र मानसिक समस्या भोग्नु पर्ने हुन्छ ।

 

बासगढी नगरपालिका चालु आर्थिक वर्ष २०८०÷०८१ को पुष मसान्तसम्म ६१ जनाले  आर्थिक वर्ष २०७९÷०८० मा एक सय ४० जना, आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ५७ जनाले आर्थिक वर्ष २०७७÷०७८मा एक सय ६१ जना २० वर्ष भन्दा कम उमेरकाले पहिलो पटक गर्भ जाँच गरेका छन् ।

Basgadhi PSA_final

२० वर्षभन्दा कम उमेरमा परिवार नियोजनको साधन प्रयोग गर्ने संख्यामा अत्याधिक रहेको छ । बासँगढी नगरपालिकामा   आर्थिक वर्ष २०८०÷०८१ को पुष मसान्तसम्म पाँच जनाले डिपो,  एक जनाले पिल्स, चार जनाले  इम्प्लाण्ट   आर्थिक वर्ष २०७९÷०८० मा ३४ जना डिपो , दुई जनाले आ.यू.सी.डी, १६ जनाले पिल्स, ११ जनाले इम्प्लाण्ट गरेको छन् । भने आर्थिक वर्ष २०७८÷०७९मा ४६ जना डिपो,   एक जनाले आ.यू.सी.डी, १५ जनाले पिल्स र १२ जनाले  इम्प्लाण्ट प्रयोग गरेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा ७१ जनाले डिपो, चार जनाले आ.यू.सी.डी., १३ जनाले पिल्स र ११ जनाले इम्प्लाण्ट प्रयोग गरेको स्वास्थ्य कार्यालय बर्दिया जनाएको छ । 

कतिपय अभिभावकले बालविवाहलाई कानुनले अपराध मानेको छ भन्ने थाहा नपाउँदा पनि विवाह गरिदिने गरेको छन् । मुलुकी आचारसंहिताले बालविवाह गर्दा कस्ता सजायको रहेको छ भन्ने जानकारी दिन पनि अन्तरक्रिया कार्यक्रम गरिएको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बडघर समाजको अगुवा व्यक्ति भएकोले बडघरले भन्दा कुरा मान्ने भएकोले पनि बडघरसँग अन्तरक्रिया गरिएको हो । बडघरले मुलुकी आचारसंहिता  रहेको कानुनको बारेका थाहा पाएपछि गाउँघरमा हुने कानुन विपरितका कार्य न्यूनिकरण हुन हुनेछ ।’ 

बडघरले कानुनको बारेमा बुझेमा समुदायसम्म पुग्ने विश्वास  लिएको प्रहरी निरीक्षक बोहराले बताउनु भयो ।

कार्यक्रममा सहभागी बडघर ढुडेप्रसाद थारूले  बालबालिका भागी विवाह गर्दा परिवारलाई समेत समस्या पर्ने गरेको बताउनु भयो । उहाँले अहिले मुख्य समस्या भनेको बालविवाह र लागू औषधको सेवन हो त्यसको लागि सबैपक्ष  मिलेर काम गर्नुपर्ने बताउनु भयो । कानुनको बारेमा ज्ञान आर्जन गर्न अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताउन् भयो । 

बासगढी नगरपालिका –३ मा रहेको शक्ति सामुदायिक वनको भवनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

Leave A Reply

Your email address will not be published.