bardiyahospital

निःशुल्क स्वास्थ्य शिविरमा ९ सय जना महिलाले पाए नि:शुल्क उपचार (भिडियाे सहित ‍‍‍…।)

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रजनन रोग सम्बन्धी दुई दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विशेषज्ञ चिकित्सक, भिडियो एक्सरेले   भि आई ए ( पाठेघरको मुखको क्यान्सर) जाँच, पाठेघर खस्ने समस्या लगाएतका जाँच गरिएको थियो । 


शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा नौ सय जना महिलाहरूले चेकजाँच गराएका छन् । उनीहरु मध्ये तिन सय ७५ जनाको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघरको चेकजाँच गरिएको थियो । 

cld

निःशुल्क शिविरमा चेकजाँच गरेका मध्ये १६ जना महिलाहरूको भिआइए पोजेटिभ देखिएको छ । त्यसैगरी १२ जना महिलाहरूको पाठेघर खस्ने समस्याका भएकाले रिङ राखिएको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा आएकाहरुमा सेतोपानी बग्ने, पाठेघरमा घाउ, पाठेघरमा संक्रमण, पिसाब संक्रमण लगाएतका समस्याहरू देखिएका थिए । औषधी सेवन गरेर निको हुने बिरामीहरूलाई निःशुल्क औषधी उपलब्ध गराइएको छ भने थप चेक जाँच र उपचारका लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको छ । 

हेर्नुहाेस् भिडियाे‍‍…

    अन्तराष्ट्रिय महिला दिवसको दिनमा शिविर सञ्चालन गर्ने योजना भएपनि विशेषज्ञ चिकित्सकको उपलब्धता नभएकाले चैत्र २ र ३ गते सञ्चालन गरिएको हो । शिविरमा स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डा प्रबिन योगी र वरिष्ठ रेडियोलोजिस्ट कल्याण शर्माको टोली सहभागी रहेको थियो । 

अन्तराष्ट्रिय महिला दिवसलाई केही फरक गरेर मनाउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो  । उहाँले भन्नुभयो –‘ प्रचारमुखी, कागज र ब्यानरमा मात्र नगरेर महिला दिदीबहिनीहरूको स्वास्थ्य समस्या समाधानका लागि केही गरौँ भनेर कार्यपालिकाको बैठकमा निर्णय गरेर शिविर सञ्चालन गरेका हौँ ।’

 

 
ग्रामीण क्षेत्रमा रोग लुकाएर बस्ने महिलाहरू धेरै भएकाले उनीहरूको स्वास्थ्य समस्या समाधान होस भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो । उहाँले ९ सय जना महिलाको स्वास्थ्य समस्या पहिचान भएको र थोरै भएपनि समाधान भएको बताउँदै गाउँपालिकाको सिफारिस सहित सम्बन्धित स्वास्थ्य केन्द्रमा रिफर गरिने बताउनु भयो ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.