Division forest_Ads
Barista_Training

बर्दियामा सरकारी सवारी साधनको चरम दुरुपयोग

नियम विपरित सवारी साधन सञ्चालन गर्न पाइँदैन प्रमुख जिल्ला अधिकारी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेका आधिकांश  सरकारी कार्यालयको सवारी साधनको दुरुपयोग  हुने गरेको छ । कार्यालयले दिने सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि खरिद गरिएको दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको दुरुपयोग दैनिक बढिरहेको छ । 

कार्यालय काममा बाहेक सरकारी नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन लिएर कर्मचारी तथा जनप्रतिनिधिहरूले होटल जाने , घुम्न जाने, परिवारका सदस्यलाई बोकेर व्यक्तिगत काममा हिँडडुल गर्ने,  आफू आफ्ना परिवारका लागि सपिङ गर्न सवारी साधन लिएर जाने गरेको पाइएको छ ।

कार्यालय समय बाहेकको समयमा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सिक्ने, परिवार सदस्यलाई सवारी चलाउन सिकाउने, लाइसेन्स नभएका बालबालिका तथा परिवारका अन्य सदस्यलाई सवारी चलाउन दिनु कर्मचारीका लागि नौलो होइन । त्यसको साथै सवारी साधन कार्यालय समयको अतिरिक्त समयमा नेपालगञ्ज, रुपैडियाको बजारसम्म पुग्ने गरेको पाइन्छ ।

बढैयाताल गाउँपालिका लेखा अधिकृत नारायणराज त्रिपाठीले खजुरामा रहेको क्याम्पसमा पढाउन सरकारी सवारी साधन प्रयोग गर्दै आएको एक स्थानीयले कृष्णसार अनलाइनलाई बताउनु भयो । स्रोतका अनुसार, ‘लेखाप्रमुख प्रत्येक दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल लिएर खजुरा पढाउन जानुहुन्छ ।’ 

सरकारी सवारी साधनको चेकजाँच नहुदाँ पनि  सेतो नम्बर प्लेटको सवारी साधनको दुरुपयोग बढेको स्रोतको दाबी रहेको छ । स्रोतका अनुसार– ‘कर्मचारी घर बिदामा जाँदा , पूजाआजामा जादा भोज भतेरमा जाँदा सरकारी सवारी साधनको प्रयोग गर्दै आएका छन् । 

सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले  सरकारी सवारी साधन  दूरुपयोग गरे पनि सरोकारवाला निकायले यस बारेमा खासै चासो दिएको पाइदैन् । सरकारी कामको लागि प्रयोग गर्नुपर्ने सवारी साधन सरकारी काम भन्दा बढी व्यक्तिगत काममा प्रयोग हुँदै आएको छ ।’

सरकारीको सवारी साधनको दुरुपयोग रोक्न सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहिता २०७८ निर्माण गरिएको छ । तर सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहिता निर्माण कार्यान्वयन हुन नसक्दा सरकारी सवारी साधनको दुरुपयोग रोकिएको छैन् ।

नियम विपरित सवारी साधन सञ्चालन गर्न पाइँदैन प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले  जिल्लाभित्र सवारी साधन चलाउने कर्मचारीले कार्यालयको अनुमति पत्र तथा जिल्ला बाहिर जानका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, साथै बिलबुक र लाइसेन्स लगायतका कागजात अनिवार्य बोक्नुपर्ने व्यवस्था मिलाउने बताउनु भयो । उहाँले सरकारी सवारी साधन प्रयोग गर्ने कार्यालय र  कार्यालयका कर्मचारीले  कार्यालय सञ्चालन भएको दिनमा पाइएता पनि बिदाको दिनमा कुनै पनि सरकारी सवारी साधन चलाउन नपाउने बताउनु भयो । 

Basgadhi PSA_final

कार्यालय आउँदा जाँदा बाहेक, अन्य समयमा हाट बजार आउँदाजादाँ , रेष्टुरेन्टमा जादा  पार्टी, विवाह र भोज भतेर भम्रण जादा  सरकारी सवारी साधन प्रयोग गर्न नपाइने कृष्णसार अनलाइनलाई प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिनुभयो । उहाँले नियम विपरित सवारी साधन सञ्चालन हुन नदिनका लागि ट्राफिक प्रहरीको चेकजाँच गर्न अझै कडाइ गर्न लगाउने बताउनु भयो

संहिता २०७८ मा के छ ?

सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहिता २०७८ मा कामको सिलसिलामा मात्र सरकारी सवारी साधनको प्रयोग गर्नुपर्ने र कार्यालयको अत्याधिक काम बिना कार्यालय समय अगाडि र पछाडि सामान्यता सवारी साधन प्रयोग गर्ने नहुने व्यवस्था रहेको छ । सवारी साधनको प्रयोग सम्बन्धी लगबुक सबै सरकारी निकायले अनिवार्य राख्नुपर्ने तथा कार्यालय प्रमुखबाट लगबुक प्रमाणित गरेर मात्र सवारी साधन सञ्चालन गर्नु संहितामा व्यवस्था रहेको छ । 

भने सवारी साधन  राख्न कार्यालयले अनिवार्य रुपमा ग्यारेज वा अन्य सुरक्षित स्थानको व्यवस्था गर्नु पर्नेछ । भाडाको घर ÷ संरचना सञ्चालन भएका कार्यालयहरूको हकमा सो व्यवस्था गर्न नसकिएमा अन्य कुनै सरकारी कार्यालयको ग्योरज वा सुरक्षित स्थानमा  सवारी साधन राख्नुपर्ने संहितामा प्रष्ट व्यवस्था गरिएको छ । 

त्यसैगरी कार्यालयको कार्यसम्पादनका सिलसिलामा सवारी साधन लिई जिल्ला बाहिर जानुपर्ने अवस्थामा यात्रा गर्नुपर्ने उद्देश्य सहित  जिल्ला प्रशासन कार्यालयलाई सामान्यतः एक हप्ता अगावै अनुरोध गर्नुपर्ने र प्राप्त अनुरोधको औचित्यपूर्ण देखिएमा प्रमुख जिल्ला अधिकारीबाट सवारी साधन सञ्चालनको अनुमति दिने सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहितामा व्यवस्था रहेको छ ।

तर संहिता विपरित अधिकांश सरकारी कार्यालयले कार्यालय प्रमुख र अन्य कर्मचारीले जिल्ला प्रशासन कार्यालयको अनुमति बिना सरकारी सवारी साधन जिल्ला बाहिर घुम्न जाने  र घरमा लिएर सवारी साधन लिएर जाने गरेको पाइएको छ ।

संहिता पालना नगर्दा के हुन्छ ? 

सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनहरू अनुमति लिई सञ्चालन भए वा नभएको सम्बन्धमा जिल्ला भित्र रहेका प्रहरी चेकपोष्ट ÷ ट्राफिक प्रहरीबाट चेकजाँच हुने व्यवस्था संहितामा गरिएको छ  । भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई जिल्ला बाहिर जान लागेका सवारी साधनलाई प्रहरी ट्राफिक ÷ प्रहरी चेकपोष्टमा रहेका सुरक्षाकर्मीहरूले गन्तव्यमा जान रोक लगाउने व्यवस्था रहेको छ  । त्यसैगरी अनुमति नलिई जिल्ला बाहिर जान लागेका सवारी साधन तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गरी सार्वजनिक समेत गर्ने संहितामा उल्लेख गरिएको छ । 

Leave A Reply

Your email address will not be published.