Division forest_Ads
Barista_Training

बर्दिया अस्पतालमा डाइलासिस सेवा सञ्चालन 

Geruwa GIF


यज्ञप्रसाद सापकोटा , बर्दिया ।बर्दियामा होमो डाइलासिस सेवा सञ्चालनमा आएको छ । डाइलासिस मेसिन आएको लामो समय बित्दा पनि जनशक्ति अभावले सञ्चालन हुन नसेको सेवा  सञ्चालन भएको हो ।
डाइलासिस सेवा सञ्चालन भएपछि बर्दिया जिल्लाबाट नेपालगञ्ज कोहलपुर लगायतका स्थानमा डाइलासिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मृगौलाको समस्याबाट पीडित बिरामीहरू हप्ताको तिन पटक सम्म डाइलासिस गर्नका लागि नेपालगञ्ज कोहलपुर लगाएतका स्थानमा जाने गरेका थिए । 


बर्दियामा हाल करिब दुई सय जना नियमित डाइलासिस गर्नुपर्ने मृगौला रोगी रहेको स्वास्थ्य कार्यालय बर्दियाको अनुमान छ । उनीहरु नेपालगञ्ज कोहलपुर काठमाडौँ लगाएत भारतको विभिन्न स्थानमा उपचार गराइरहेका  छन् । पहिलो दिनमा नै दुई जना बिरामीको डाइलासिस भएको छ । भने १४ जना बिरामी डाइलासिसको लागि सूचिकृत भएका छन् ।


डाइलासिस सेवाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले डाइलासिस सेवाबाट बर्दिया लगाएत छिमेकी जिल्लाहरूले थप सेवा सुविधा पाउने विश्वास व्यक्त गर्नु भएको छ । यसलाई पूर्णरुपमा सदुपयोग गर्न आव्हान गर्दै बर्दिया अस्पताललाई स्तरोन्नति गर्दै लैजाने बताउनु भयो । 

Basgadhi PSA_final


लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले डाइलासिस सेवाको लागि निरन्तर बजेट आउने बताउँदै सेवाले निरन्तरता पाउने बताउनु भयो । आवश्यक पर्ने जनशक्तिलाई व्यवस्थापन गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर जानुपर्ने बताउनु भयो । 


प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले डाइलासिस सेवालाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि निक्कै चुनौती पूर्ण रहेको बताउँदै सञ्चालनका लागि जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । 


बर्दिया सँगै नजिकका जिल्लाहरूका विरामीहरुलाई सहज हुने पीडितहरूले बताएका छन् । मृगौला समस्याका पीडित गुलरिया नगरपालिका ९ बस्ने सिताराम चौधरी लामो समय देखि डाइलासिस गर्नका लागि नेपालगञ्ज धाउनु पर्ने बाध्यता हटेको बताउनु भयो । मध्यान्ह रातमा डाइलासिस गर्ने पालो पर्दा आवत जावतमा समस्या पर्ने गरेको स्मरण गर्दै भेरी अस्पतालमा पालो नपाउँदा एक पटकको सात हजार सम्म तिरेर डाइलासिस गरेको उहाँले बताउनु भयो । हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने उहाँले भन्नुभयो –‘अब त एक्लै आएर डाइलासिस गरेर घर फर्कन सक्छु । ’ गुलरिया नगरपालिका ९ कै भिमबहादुर सुनारले डाइलासिस गर्न नेपालगञ्ज पुग्नु पर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्नुभएको छ । 

   
बर्दिया जिल्लामा करिब एक बर्ष अगाडि देखि डाइलासिस मेसिन आएको थियो । तर जनशक्ती अभावको कारण सेवा सुचारु हुन सकेको थिएन । जनशक्ति अभावमा र तयारी नपुगेको कारणले लामो समय सम्म सञ्चालन हुन नसकेको सेवा आज सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डेले बताउनु भयो । पाँच ओटा डाइलासिस मेसिन भएपनि एक मेसिन होल्डमा चार ओटा डाइलासिस मेसिनबाट दैनिक सेवा दिन सकिने बताउनु भयो । प्रदेश सरकारबाट चार ओटा र स्वास्थ्य विभागबाट एक गरी पाँच ओटा मेसिन प्राप्त भएपछि आवश्यक तयारी पछि डायलासिस सेवा सुरु भएको हो । 

Leave A Reply

Your email address will not be published.