Division forest_Ads
Barista_Training

शिक्षा नीति निर्माणका लागि कार्यशाला गाेष्ठि

Geruwa GIF

ठाकुरबाबा ।

बर्दियाकाे ठाकुद्धारामा जिल्लाका ८ वटा स्थानीय तहकाे स्थानिय शिक्षा नीति निर्माणका लागि कार्यशाला गाेष्ठिकाे आयाेजना गरीएकाे छ । प्लान इन्टरनेशन नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा शिक्षा बिकास तथा समन्वय इकाई बर्दिया र बर्दिया जिल्लाका ८ वटै स्थानिय तहको समन्वयमा तिन दिने कार्यशाला गाेष्ठिकाे आयाेजना गरीएकाे हाे ।

Basgadhi PSA_final

कार्यशाला सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे को अध्यक्षतामा शूरु भएको कार्यक्रममा अतिथिका रुपमा मधुवन नगरपालीका प्रमुख प्रसाशकिय प्रमुख ओमकार शाहको आतिथ्यतामा उदधाटन सत्र शुरु गरिएको थियो । कार्यशाला मा सहभागीहरुलाइ स्वागत गदै प्लान इन्टरनेशनल नेपालका शिक्षा बिज्ञ बेद प्रसाद डागींले बर्दिया जिल्लाका ८ वटै पालीकाहरुकाे गुणस्तिरिय शिक्षा लाइ निरन्तरता दिनका नीति आबश्यक रहेको बताउनु भयाे । उहाँले  बालबिकास केन्द्र देखि कक्षा ८ सम्मको शिक्षा स्थानिय तहको जिम्मा भएको हुँदा गुणस्तरिय शिक्षा उपलब्ध गराउनका लागी स्थानिय शिक्षा नीति निर्माण गर्न आबश्यक रहेको  बताउँदै बर्दिया जिल्लाका धेरै स्थानिय तहहरुले असल अभ्यास तथा यसको दिर्घकालिन रुपमा निरन्तरता दिनका लागी प्रयास गरिएको पाएको बताउनु भयाे  ।

मधुवन नगरपालिकाका  प्रमुख प्रशासकिय प्रमुख ओमकार शाहले कार्यशालाको सफलताकाे शुभकामना दिनुका साथै प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेका शिक्षा क्षेत्रका गतितिबिहरु दिर्घकालिन रुपमा बिधालयकाे शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्याएकाे बताउँदै  यस कार्यशालाले  गुणस्तरिय शिक्षाका लागी शिक्षा नीती निर्माण हुने विश्वास व्यक्त गर्नु भयाे ।

सस्थाले बाँके र बदिया जिल्लाका स्थानिय तहसंगको समन्वयमा प्लान इन्टरनेशनलको साझेदारिमा परियोजना मार्फत काम गरिरहेको छ ।  ३ दिन सम्म संचालन हुने कार्यशालामा आठवटा स्थानिय तहको स्थानिय शिक्षा निति निर्माण हुने गरि कार्ययोजना बनाएको छ । कार्यशालामा बर्दिया जिल्लाका ८ वटा स्थानिय सरकारका शिक्षाशाखा प्रमुख एवम प्रतिनिधि,सामाजिक बिकास समितीका पदाधिकारी, शिक्षा समितीका पदाधिकारीहरु र जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको छ । मंसिर १० देखि १२ सम्म संचालन हुने कार्यशालामा सहजिकरण डा. हरि प्रसाद पोखरेल,जगत बहादर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना बिज्ञ बेद प्रसाद डागींले गर्नुहुने जानकारी परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.