HPV KHOP
Barista_Training

युवा मैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । युवा मैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यपालिका सदस्य तथा शाखा प्रमुखको बीचमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

बाँके युनेस्को क्लब तथा प्लान इनटरनेशनल नेपालको आयोजनमा जेठ ७ गते भएको अभिमुखीकरण कार्यक्रम गुलरिया नगरपालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य  शाखाका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । स्थानीय तहमा युवा मैत्री शासन निर्माण  गर्न कार्यपालिका सदस्यले निर्वाह  गर्नुपर्ने भूमिका बारेमा छलफल गरिएको हो ।

स्थानीय तह अधिकार सम्पन्न भएकोले स्थानीय तहले पनि युवा मैत्री नीतिनियम निर्माण गरी विभिन्न कार्यक्रम गर्न सक्ने  अभिमुखीकरणका कार्यक्रमका सहजकर्ता नमस्कार शाहले बताउनु भयो । उहाँले युवालाई स्थानीय तहदेखि नै शासन प्रणालीमा जोड्दै, युवाहरूको सहभागिता, संलग्नता, र सहकार्य गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, युवाहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन सबल, सक्षम, प्रतिष्पर्धा र आत्मनिर्भर बनाउँदै राज्यका हरेक स्थानमा सार्थक सहभागिता र संलग्नताको सुनिश्चितता गर्न आवश्यक छ । त्यसका लागि गुणस्तरीय शिक्षा स्वास्थ्य, रोजगारी, लगायतका सवालको गुणस्तरीय विकास गर्न आवश्यक छ ।’

Basgadhi PSA_final

कार्यशाला गोष्ठीमा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता सुधांशु प्रकाश शर्माले पालिकाले युवाहरूको आवश्यकताको पहिचान गरी युवा मैत्री कार्यक्रम गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ युवाहरूको पनि आफ्नो रुचि र क्षमता हुन्छ । प्रत्येक युवाहरूको आफ्नो चाहना अनुसारको काम गर्न पाएमा उनी सफल हुन्छन् । र राष्ट्र निर्माणमा युवाहरूको भूमिका हुन्छ । विशेष गरी स्थानीय तहले युवाहरूको आवश्यकता पहिचान गरी काम गर्न सकेको छैन । युवाहरूको भेलाबाट युवाहरूको आवश्यकता के–के हुन सो का पहिचान गरी स्थानीय निकायले काम गर्न जरुरी रहेको छ । ’

त्यसैगरी वडा नं. – १ का वडा अध्यक्ष जोधीराम थारूले स्थानीय तह र केन्द्र सरकारले मिलेर युवाहरूको क्षमता विकास गरी देशमा बस्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनु भयो ।  उहाँले स्थानीय तह युवा मैत्री ऐन निमय निर्माण गर्न पनि कुरामा जोड दिनु भयो । 

बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर विकले स्थानीय तहले पनि युवामैत्री नीति ल्याएर स्थानीय स्तरमा काम गर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको छ । उहाँले भन्नुभयो, ‘ देश छोडेर विदेश जाने युवाहरूको जमात ठुलो छ । देशमा केही गरौँ भनेर  साना  लगानीमा काम गरिरहेकाहरूको लगानी पनि जोखिममा छ ।  भने युवाहरूमा देशमा काम गर्ने वातावरण भएन भनेर निराशा बढिरहेको छ । युवाहरूमा आशा जगाउन पनि युवा मैत्री वातावरणमा काम गर्न पनि  स्थानीय तहले नीति निर्माण गर्न जरुरी छ ।’

Leave A Reply

Your email address will not be published.