bardiyahospital

गजल

सर्वस्व लुटिएपछि बल्ल बिउँझिस् ‘बामु ’

Geruwa GIF

_वामदेव ज्ञवाली 

उसले छाडेर गएको वर्षौ बितेछ ।
मन फाँडेर गएको वर्षौ बितेछ ।।  

cld

खाडल खनी उसैले, सुत भनी मलाई
जिउँदै गाडेर गएको वर्षौ बितेछ ।। 

माला उनेको थिएँ प्रीतको उसैका लागि
त्यो माला चुँडालेर गएको वर्षौ बितेछ ।। 

भर्खर कोपिला लाग्दै थिए प्रेमका
बगैंचा माडेर गएको वर्षौ बितेछ ।। 

कति सस्तो प्रेम उसका लागि
जताजतै बाँडेर गएको वर्षौ बितेछ  ।।

सर्वस्व लुटिएपछि बल्ल बिउँझिस्  ‘बामु ’
बस्ती उजाडेर गएको वर्षौ बितेछ ।।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.