Division forest_Ads
Barista_Training

अत्याधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । अत्याधिक गर्मीको बढेका कारण स्थानीय तहले तीन दिन विद्यालय बन्द गरेका छन् । अत्याधिक गर्मीको बढेका कारण  गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बढैयाताल गाउँपालिकाले तीन दिनको बिदा दिएका हुन ।

विगत केही दिन यता चलेको तातो हावा ( लू ) कारण  बर्दियाका जनजीवन प्रभावित भएको छ । तातो हावाका कारण विद्यालय जाने विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनुभयो । उहाँले विद्यार्थीहरू स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेपछि वर्षे बिदाबाट तीन दिनको बिदा   कटौती हुने  विद्यालय बन्द गरिएको  बताउनु भयो ।

Basgadhi PSA_final

त्यसैगरी ठाकुरबाबा नगरपालिकाले गर्मी बढेपछि बिहानी कक्षा सञ्चालन भइरहेको छ । भने बर्दियाका स्वास्थ्य संस्थाहरूमा उपचार गर्न जाने बिरामीको सङ्ख्यामा पनि बढ्दै गएको पाइएको छ ।

बर्दिया अस्पताल गुलरियाका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर सुभाष पाण्डेयले  बर्दिया अस्पतालमा शरीरमा पानीको मात्रा कम भएर  डिहाइड्रेसन भएर आउने बिरामीको संख्या बढि रहेको  जानकारी दिनुभयो । उहाँले शरीरमा पानीको मात्रा कम हुन नदिन बेला बेला पानी पिउने कालो चियो पिउने फलफूल खानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गर्मीका कारण खुट्टा  फर्किने तथा बाउँडिने लगायतका समस्या हुन्छ, त्यस्तो नहोस् भनका लागि केरा लगायतका फलफूल जसमा पोटासियम लगायतका तत्व पाइन्छ  त्यस्तो फलफूल खानुपर्ने हुन्छ । ’उहाँले दैनिक ४÷५ लिटर पानी पिउनु पर्नेमा जोडदिनु भयो ।

सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरू १६ गतेदेखि १८ गतेसम्म बिदा हुने भएका छन् ।

Leave A Reply

Your email address will not be published.