Division forest_Ads
Barista_Training

बर्दियामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी शर्मा

Geruwa GIF

गुलरिया  । गुह मन्त्रालयले बर्दियामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी ( सीडीओ ) पठाएको छ । गृह मन्त्रालयले बर्दियाले प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मालाई पठाएको हो ।

आज बसेको उपप्रधानमन्त्री तथा गृह मन्त्रीस्तरीय निर्णयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सीडीओ ) हरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीहरूसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

Basgadhi PSA_final

गृहले सुनसरीको प्रमुख जिल्ला अधिकारीमा रामचन्द्र तिवारीलाई सुनसरीमा  पदस्थापन गरिएको छ । मकवानपुरमा तीर्थराज सिलुवाल भने नवलपरासी पूर्वमा अरुण पोखरेललाई त्यसैगरी पाँचथरमा विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । 

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई, धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेपलाञ्चोकमा सूर्य प्रसाद सेढाईं, इलाममा कल्पना श्रेष्ठ, चितवनमा इन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ । 

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई सरुवा गरेको छ पठाइएको छ ।  भने कास्कीमा भरतमणि पाण्डेलाई  र सप्तरीमा मेख बहादुर मग्रातीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । 

बर्दिया सरुवा भएर आउनु भएकी प्रमुख जिल्ला अधिकारीको रुद्रादेवी शर्मा यस अघि काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.