कृष्णसार अनलाइन, गुलरिया । मधुवन नगरपालिका जलवायु संकट, विपत जोखिम व्यवस्थापन, खानेपानी सरसफाइ तथा स्वच्छता र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
मधुवन नगरपालिका रहेका किशोरकिशोरीका लागि जलवायु संकट, विपत जोखिम व्यवस्थापन, खानेपानी सरसफाइ तथा स्वच्छता र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको हो । बाँके युनेस्को क्लब आयोजना तथा प्लान इनटरनेशनल नेपालको सहयोगमा कार्यक्रम गरिएको थियो ।
बाँके युनेस्को कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले जलवायु परिवर्तनले गर्दा बाढी, पहिरो, सुक्का, खडेरी जस्ता अनेक विपत भोग्नु परेको बताउनु भयो । उहाँले प्राकृतिक परिवर्तनबाट जोगिन सबैले आफ्नो स्थानबाट भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, ‘ प्रकृतिको तापक्रम प्रत्येक वर्ष बढ्दै गएको छ । पानी नपर्दा तातो हावा लू चलेका छ । जनजीवन कष्टकर बन्दै गएको छ । अब पनि हामीले जलवायु परिवर्तनको असर कम गर्ने गरी काम गर्न सकेनौ भने मानवको अस्तित्व नै सकटमा रहेको छ ।
बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले भन्नुभयो, ‘ किशोरकिशोरीमा हुने परिवर्तन बारेमा परिवार, विद्यालय, साथीहरूसँग खुलेर बोल्न सक्ने वातावरण नभएकोले पनि कयौं किशोरकिशोरी पुराना मूल्य मान्यतालाई मान्न बाध्य रहेको छन् । ’
अबका पुस्ताले परिवर्तनलाई आत्मसात गरी पुराना गलत मान्यतालाई क्रमशः विस्थापित गर्दै लैजानु पर्ने कार्यक्रम अधिकृत विकले बताउनु भयो । उहाँले परिवर्तनका बारेमा समाजमा समुदायलाई सचेत गराउने दायित्व युवाको भएकोले सिकेको ज्ञानलाई व्यवहारमा लाग्नु गर्दै समाजमा परिवर्तन ल्याउनु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा सहभागी गणेश वलीले कक्षाकोठा पढेको भन्दा विषयवस्तुको बारेमा ज्ञान आर्जन भएको बताउनु भयो । उहाँले कार्यक्रममा आर्जन गरेको ज्ञान अन्य साथीहरूसँग आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालको माध्यमबाट प्रचारप्रसार गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जलवायु परिवर्तनले मानवको जीवनमा पार्ने असरको बारेका तालिममा आएर सिकेको छु । जलवायुको परिवर्तनको असरलाई न्याधिकरण खाली ठाउँमा बोटविरुवा रोप्ने लगायतका काम गर्ने समुदायसँग हातेमालो गरेर अगाडि बढ्ने छु । ’
सशक्त बालिका परियोजना अन्तर्गत मधुवन नगरपालिका दुई दिने अभिमुखीकरण कार्यक्रम भएको थियो । प्रशिक्षक लौटन थारूले जलवायु संकट, विपत, जोखिम व्यवस्थापन, खानेपानी सरसफाइ तथा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा अभिमुखीकरण तालिम दिनुभएको थियो ।