bardiyahospital

लुम्बिनीमा सरकारले पायो पूर्णता, बाँकेकी कृष्णा केसी उर्जामन्त्रीमा नियुक्त

Geruwa GIF

दाङ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन्। यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो। मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे हाे।

महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गर्नुभयाे । उहाँको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो।

cld

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएक‍ो थियाे । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राख्नुभएकाे थियाे ।

नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गर्नुभयाे।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन्। ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.