बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाको शान्ति सुरक्षा कायम गर्न पहिलो पहिलो प्राथामिकता दिएर काम गर्ने बताउनु भएको छ । यही साता बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर आउनु भएकी शर्माले पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले बर्दियामा लागू औषध, यौन दुर्व्यवहार, जबरजस्ती करणी, सडक दुर्घटना न्यूनीकरण गर्नका लागि पहिलो प्राथामिकता दिएर काम गर्ने बताउनु भयो । उहाँले सुशासन र पारदर्शितालाई समेत प्राथामिकतामा राखेर काम गर्ने बताउँदै नागरिकता र राहदानी फाँटमा टोकन सिस्टम राखेर कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने बताउनु भयो । कानुनको कार्यन्वयन गर्ने र सेवा प्रवाह गर्ने कुरामा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनु भयो ।
हेर्नुहाेस् भिडियाे…
परिचयात्मक कार्यक्रममा बर्दिया जिल्लाका वर्तमान समस्याको बारेमा पत्रकारहरूले आ आफ्नो धारणा राखेका थिए । पत्रकारहरूले खुल्ला सीमाका समस्या, मानव वन्यजन्तु द्वन्द्व, निर्माणाधीन अलपत्र आयोजनाहरू, शान्ति सुरक्षा, बजार अनुगमन लगाएतका विषयमा आ आफ्नो धारणा राखेका थिए ।