bardiyahospital

बर्दिया प्रिमियर लिगमा बाँके -११ क्रिकेट टिम ७२ रनले विजयी

Geruwa GIF

दीपकलाल श्रेष्ठ
बर्दिया। बर्दिया प्रिमियर लिगको आजको खेलमा बाँके ११ क्रिकेट टिमले स्टार क्रिकेट एकेडेमी माथि ७२ रनको जित निकालेको छ। लगातार तेस्रो जित निकालेको बाँके समूह ए को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ भने ३ खेलमा २ जित निकालेको स्टार क्रिकेट एकेडेमी पनि सेमी फाइनलमा प्रवेश गरेको छ।
गुलरियाको कबर्ड हाल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेका बाँके ११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै १४७ रन जोडेका थिए । बाँकेका सुरुवाती ब्याटिङ गरेका प्रनित थापा मगर र रोहन केसी बिच ४१ रनको साझेदारी भएको थियो। त्यस पछि नियमित विकेट गुमाए पनि राहुल शर्मा र बिश्वास श्रेष्ठले सानदार ब्याटिङ गर्दा बाँकेले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।

बाँकेका प्रनितले १६ बलमा ३५ रन जोडे। प्रनितले ४ चौका र ३ छक्का प्रहार गरे। मिडल अडर ब्याट्सम्यान राहुल शर्माले १८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले। साथै विश्वास श्रेष्ठले १७ बलमा २३ रन जोडे।

cld

स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए। सुरजले अमर सिंह रौटेला र सिद्धान्त साहीको विकेट हात पारेका थिए। पुरु , बाबुराम र तुल बहादुर थापाले समान १ -१ विकेट लिए।
१४८ रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङका लागि आएको स्टारले निर्धारित १२ ओभरमा सबै विकेट गुमाउदै मात्र ७५ रन जोड्यो। स्टारले आफ्नो पहिलो ओभरकै पहिलो बलमै अनिल थापालाई शून्य रनमै गुमाएको थियो। अर्का सुरुवाती ब्यटर मनिष थापाले १५ बलमा २१ रन जोडे। साथै अमर मिश्रले २६ बलमा २० रन जोडे। अन्य ब्यटरको भने सम्झन लायक प्रदर्शन रहेन।

स्टारलाई सस्तोमा रोक्न बाँकेका तिब्र गतिका बलर गौतम कनोजियाले २।५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। साथै राहुल शर्माले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। घातक बलिङ गरेका गौतम खेलको म्यान अफ द म्याच गौतम कनोजिया भए।

प्रतियोगितामा कुल देशभरका ८ टोलीको सहभागिता रहेको छ। ८ टोलीलाई २ समूहमा बिभाजन गरेको छ। समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ क्रिकेट टिम रहेका छन्। साथै समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन्। हरेक टोलीले आफ्नो समूहको टोली संग एक आपसमा खेल्ने छन्। समूह चरणको खेल मंसिर १९ गते सम्म हुनेछ र सेमीफाइनल मङ्सिर २० गते रहेको छ भने फाइनल २१ गते हुने छ।

नया शिरा युवा क्लब बर्दिया द्वारा स्वर्गीय बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको क्लबका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए।
जिल्लामा पहिलो पटक ठुलो पुरस्कार राशीको क्रिकेट लिग रहेको र प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ र दोस्रोलाई ५१ हजार रूपैयाँ पुरस्कार रहेको चन्दले बताए।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.