Division forest_Ads
Barista_Training

नमुना प्रमुख जिल्ला अधिकारीमा न्यौपाने

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बढैयाताल –४ की  प्रतिक्षा न्यौपाने प्रमुख जिल्ला अधिकारी बन्नु भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको नमुना प्रमुख जिल्ला अधिकारी भूमिकामा न्यौपाने रहनु भएको हो । 

अझै पनि किशोरीहरू घरभित्र र घरबाहिर आफ्ना विचार राख्नबाट बञ्चित रहेको छन् ।  किशोरीहरूले आफ्नो विचार अभिव्यक्त गरेमा संस्कार नभएको , छोरी मान्छे भएर बढी बोल्ने जस्ता विभिन्न आरोपहरू खेप्नु परेको पाइन्छ । समाजमा हुने कुरीति कुसंस्कारका विरुद्धमा पनि किशोरीहरू सचेत भएर अरुलाई पनि सचेत गराउन जरुरी रहेको छ ।  

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  नमुना प्रमुख जिल्ला अधिकारीको भूमिका रहेर प्रतिक्षा न्यौपानेले आफ्नो जिम्मेवारी  कुशलता पूर्वक निर्वाह गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ यस्ता रचनात्मक कार्यक्रमले किशोरीलाई अगाडि बढ्न प्रेरणा मिल्नेछ । नेपालको संविधान कानुन समावेशी छ । त्यसले प्रत्येक मानिसको मानव अधिकारको ग्यारेन्टी गरेको छ । तर समाजमा रहेका गलत परम्परा, अभ्यास तथा अन्धविश्वासका कारण पनि कानुन पालनामा समस्या परेको छ । जबसम्म नियम कानुनको पालनामा हामीले ध्यान दिन सक्दैनौ । तबसम्म  महिला किशोरी तथा बालबालिका माथि हुने हिंसा कम हुदैन् । ’

हिंसाको  प्रमुख कारण महिलाहरू आत्मनिर्भर हुन नसक्नु भएको प्रमुख जिल्ला अधिकारी शर्माले  बताउनु भयो । उहाँले  बालबालिका तथा किशोरीहरूको उमेर शिक्षित भएर आफ्नो भविष्य निर्माण गर्ने भएकोले यस तर्फ विशेष ध्यान दिन जरुरी रहेको धारण व्यक्त गर्नु भयो । उहाँले आत्मनिर्भर हुन सकेका महिला किशोरी तथा बालिका माथि हुने हिंसा क्रमश कम हुने बताउनु भयो 

Basgadhi PSA_final

बढ्दो लागू औषध दुर्व्यसनी नियन्त्रण गर्न , महिला तथा किशोरी माथि हुने हिंसा तथा मानव बेचबिखन रोक्न किशोरी क्बल लगायतका अन्य क्लबसँग सहकार्य गरेर सचेतना मूलक कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।

बाँके युनेस्को क्लबका बाल संयोजक गोविन्द प्रसाद लामिछाने  किशोरीहरूको नेतृत्व र व्यक्तित्व  विकासका लागि यस्ता कार्यक्रमले टेवा पुग्नु बताउनु भयो । उहाँले यस्ता कार्यक्रम मार्फत किशोरी आत्मविश्वास बढ्दै जाने भविष्यमा सामाजिक रुपमा स्थापित हुन सहयोग मिल्ने बताउनु भयो । 

 कार्यक्रममा बोल्दै  नमुना प्रमुख जिल्ला अधिकार न्यौपानेले  विगत लामो सोमदेखि भोग्दै आएका संरचनात्मक विभेदको विरुद्ध आवाज उठाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानव बेचबिखन नियन्त्रणका लागि बोर्डरमा सुरक्षा व्यवस्था कडा गरिएको तथा  सरोकारवाला निकायसँग सहकार्य गरेर  पनि काम गरिएको छ । कार्यलयमा हुने ढिलासुस्तीलाई रोक्न हाजिरी मेसिन प्रयोग गरिएको छ । भने बेलाबेलामा अनुगमन हुने गरेको छ । ’साथै सडक दुर्घटनाका कारण हुने जीउधनकै हानी नोक्सानी कम गर्न तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि प्रहरी चेकपोस्ट व्यवस्थापन तथा  ट्राफिक प्रहरीबाट चेकिङको व्यवस्था मिलाइएको छ ।’

प्लान इनटरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सशक्त बालिका संरक्षण परियोजना अन्तर्गत गल्स टेक ओभर कार्यक्रममा   न्यौपानेलाई सांकेतिक रुपमा एक घण्टाको लागि प्रमुख जिल्ला अधिकारीको भूमिका दिइएको थियो ।  कार्यक्रममा सहभागी अन्य किशोरीहरूले सांकेतिक रुपमा केही प्रश्नहरू सोधेका थिए । प्रमुख जिल्ला अधिकारी भएर गर्नुपर्ने कामको बारेका नमुना । प्रमुख जिल्ला अधिकारीले जवाफ दिनुभएको थियो । 

 

Leave A Reply

Your email address will not be published.