Krishnasar_Dubble Ad
Barista_Training

प्रदर्शनीमा प्रथम बगलामुखी राधाकृष्ण थारू मा.वि. प्रथम

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, बर्दिया ।   गुलरिया नगरपालिका स्तरीय विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणित सम्बन्धि सामाग्री प्रदर्शनी कार्यक्रम भएको छ । प्रदर्शनी कार्यक्रममा बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय प्रथम भएको छ ।

नगरपालिका भित्रका १० ओटा माध्यमिक विद्यालयहरू बिच भएको प्रदर्शनी भएको थियो । सो प्रदर्शनीमा श्री नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय खैरापुर द्वितीय, श्री गौरी  शंकर माध्यमिक विद्यालय डल्लापुर तृतीय र महाकवि देवकोटा माध्यमिक विद्यालय सान्त्वना भएका छन् । 

प्रर्दशनीमा विज्ञान प्रविधि इन्जिनियरिङ् कला र गणित सम्बन्ध सामाग्रीहरू प्रर्दशन गरिएको थियो । विद्यार्थीहरूले गर्मीयाममा आवश्यक पर्ने कुलर देखि नेपालको भविष्यको सपना् रकेट सम्म प्रस्तुत गरेका थिए । कृषकहरूले प्रयोग गर्ने हलो जुवा, ढिकी जाँतो समेत प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी कृषकहरूले थाहा नपाएको प्रविधि माउ कुखुरा विना अण्डाबाट चल्ला निकाल्न सकिने सहज घरेलु प्रविधि समेत प्रदर्शनीमा राखिएको थियो ।

Basgadhi PSA_final

नेपालमा हाल सम्म पनि सञ्चालन हुन नसकेको मेट्रो रेलको बारेमा पनि प्रदर्शनीमा वर्णन गरिएको छ ।  पानी जहाज, हवाई जहाज, ड्रोन, इलेक्ट्रिक गाडी पंखा, र हावाबाट विजुली निकाल्ने प्रविधि समेत प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरू एकदमै उत्साहित र सिर्जनात्मक देखिएका थिए ।  


कार्यक्रममा सम्बोधन गद शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख सतिश यादवले स्टिम शिक्षा नेपालको नयाँ भएपनि अमेरिका लगाएतका विकसित देशमा ५० वर्ष अगाडि देखि लागू भएको बताउनु भयो । उहाँले विद्यार्थीहरूको सिर्जनात्मक कलाको विकास गर्न प्रदर्शनीले महत्वपूर्व भूमिका खेल्ने बताउनु भयो । 


गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले प्रदर्शनीले विद्यार्थीको क्षमता पहिचान गरेको बताउँदै यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनु पर्ने बताउनु भयो ।  

प्रदर्शनी कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख सतिश यादव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, बाँके युनेस्को क्लब बर्दियाका संयोजक गोविन्द लामिछाने, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो । प्रदर्शनी कार्यक्रम प्लान नेपालको आर्थिक सहयोग बाँके युनेस्को क्लबको सहयोगमा गुलरिया नगरपालिका  शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page