Krishnasar_Dubble Ad
Barista_Training

श्रमजीवी पत्रकार ऐन प्रभावकारी कार्यान्वयन गराउन सुझाब

Geruwa GIF

टीकाराम चौधरी, गुलरिया । न्यनतम पारिश्रमिक निर्धारण समितिलाई बर्दियाका पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन प्रभावकारी रुपमा कार्यान्वयन गराउन सुझाब दिइएको छ । बर्दियाको गुलरियामा न्यनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सुझाव दिइएको हो ।


सञ्चारगृहहरू नियमित अनुगमन हुनु पर्ने, न्यनतम पारिश्रमिक निर्धारण समितिको अवधि ५ वर्ष सम्म हुनु पर्ने, अनधिकृत सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई नियमन तथा नियन्त्रण गर्ने व्यवस्था हुनु पर्ने, सूचना तथा विज्ञापनलाई एजेन्सी भन्दा समाचारमाध्यममा सिधै जाने खालको वातावरण सिर्जना गर्नुपर्ने लगायतका सुझाब सहभागीले दिनु भएको थियो ।  

Basgadhi PSA_final


न्यनतम पारिश्रमिक निर्धारण समितिका सदस्य सुशीला शर्मा के.सी.( आस्था )ले पत्रकारहरूले दिएको सुझाव सम्बन्धित निकायमा पुर्याउने बताउनु भएको छ । यस कार्यक्रमले सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरू अवस्था बुझ्ने राम्रो अवसरको रुपमा लिएको बताउनु भएको छ । सञ्चारकर्मी र सञ्चारमाध्यमले पनि ऐन कार्यान्वयनमा अग्रसर हुनु पर्ने सुझाव दिनु भएको छ । पत्रकारिता सामाजिक सेवाको रुपमा लिनु पर्ने र जनताको आवाज उठाउने र राज्यलाई घच्घच्याइ राख्ने सञ्चारमाध्यमको काम रहेको बताउनु भएको छ । सञ्चारगृह तथा आमसञ्चारकर्मीको जीविकोपार्जन हुनेगरि स्थानीय सरकारसँग समन्वय र सहकार्य हुनु पर्ने बताउनु भएको छ । जसका लागि पत्रकार महासङ्घ, संचार बिभाग, मन्त्रालय सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद धितालले सञ्चारक्षेत्र अस्तव्यस्त अवस्थामा रहेको बताउनु भएको छ । संचार क्षेत्रलाई हेर्ने निकाय तथा ऐन नियमहरू पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको अवस्था रहेको बताउनु भएको छ । सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले आफ्नो जिम्मेवारीपुर्वक संचारकर्मीको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले संचारमाध्यम डिजिटल प्रणालीमा गईसकेकोले सोही अनुसारको बर्गीकरण गर्नु पर्ने बताउनु भएको छ । अहिलेको अवस्थामा पुरानो शैलीमा संचारमाध्यम चलरिहेकोले यसलाई परिमार्जन गर्नु पर्ने बताउनु भएको छ । 

न्युनतम पारिश्रमिक निर्धारण समिति आयोजना तथा नेपाल पत्रकार महाँसंघ बर्दिया शाखाका अध्यक्ष यादब प्रसाद आर्चायको सभाध्यक्षतामा भएको कार्यक्रममा बर्दियाका संचारगृह संचालक तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page