bardiyahospital

‘जिन्दगी र बाटो ’

कविता

Geruwa GIF

‘ जिन्दगी र बाटो ’

– श्रीधर भण्डारी

cld

जिन्दगी बाटो जस्तै हो
कहिले जोडिनु पर्छ
कहिले मोडिनु पर्छ
दोबाटोमा भेटिने
वर पीपल जोडी झैँ
जोडिन्छन् कहिले
शीतल छायाँ बनेर
मोडिन्छन् कहिले
चर्को घाम बनेर  ।।१।।

चाहे तीखा काँडा तेर्साउन
चाहे बडेमानका ढुङ्गा बजारि
न्
भेटिँदैन जबसम्म गन्तव्य
दौडिएर होस् वा घस्रिएर होस्
हिँडेर होस् वा नाघेर होस्
अविराम कुद्नै पर्छ
बाटो जस्तै जिन्दगी  ।।२।।

घामको तापले रहन्न ताते पनि
वर्षाको झरीले अरठ्ठ चिसिए पनि
कहिले वल्लो भीरैभीर र तीरैतीरमा
कहिले पल्लो बेँसी र फाँटैफाँट
मा
लड्खडाउँदै , सुस्ताउँदै
मोडिएर होस् वा जोडिएर होस्
कुद्नै पर्छ थोत्रो मोटर कुदे झैँ
कठै ! घ्याच्च घ्याच्च जिन्दगी ।। ३।।

पात गाँसेर टपरी बनाउँदा
कैयौँ सिन्काहरू भाँचिनु पर्छ
बाटो बनाउँदा पनि त
कैयौँ भीर, पहरा र रूख काटिनुपर्छ
जिन्दगी जिउन पनि त
सहज कहाँ छ र ?
हजारौं भोकप्यास र निद्रा काटिनुपर्छ  ।।४।।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.