
_अपरिचित
मेरो पालिका
विकास गर्न कोटेशन मै रमाउँछ ,
उपभोक्ताबाटै कमाउँछ
याद थपी थपी ठेकेदारबाट
कमसल काम गराउँछ

मेरो पालिकामा
अस्पतालमा सिटामोल किन्ने पैसा छैन
भ्रमणमा लाखा रकम उडाउँछ
सुत्केरी प्रोत्साहन भत्ता वापत
हर्लिक्स र अण्डा बाँड्नै कार्यक्रम फाइलमा राखी
डाक्टरलाई भूमिका विहीन बनाउँछ
मेरो पालिकाको
SEE को रिजल्ट सिँगल डिजिटमा आउँदा
लाइसेन्स नभएकोलाई विषय विशेषज्ञ बनाउँछ
मेरो पालीका
कृषिमा क्रान्ति ल्याउन
आफ्नै लगानीको सित भण्डारलाई
लाखौ अनुदान छुट्याउँछ
मेरो पालिका
वर्षायाममा बजारभरि बिरुवा रोप्छ
गर्मीमा सुकाउँछ,
त्यसपछि
पालिकाले पोहर रोपेकै ठाउँमा
फेरी नयाँ बिरुवा रोप्छ
अनि घाँटी सुक्ने गरी
सुशासनको कुरा गर्दछ
मेरो पालिका ।


