Krishnasar_Dubble Ad
Barista_Training

एक हजार छ सय ५३ जनाले निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा पाए

सामाजिक सेवा/जेरियाट्रिक एकाइ सेवा दिने महिला भन्दा पुरुष बढी 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पताल गुलरियामा एक हजार छ सय ५३ जनाले निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा प्राप्त गरेका छन् । सामाजिक सेवा एकाइबाट  छ सय पाँच जना र जेरियाट्रिक एकाइबाट एक हजार ५३ जनाले निःशुल्क तथा सहुलियतमा सेवा प्राप्त गरेका हुन । 

कुनै पनि नागरिकलाई  स्वास्थ्य सेवा निःशुल्क प्राप्त र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित  नगर्न नपाइने व्यवस्था नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा  गरेको छ । सोही हकलाई कार्यान्वयन गर्न तोकिएको अस्पतालहरूमा लक्षित समूहलाई स्वास्थ्य सेवाहरू उपलब्ध गराउने उद्देश्यले सरकारले सामाजिक सेवा तथा जेरियाट्रिक एकाइ स्थापना गरेको हो ।

 सामाजिक सेवा/जेरियाट्रिक एकाइ वार्षिक ३५ लाख बजेट

चालु आर्थिक वर्ष २०८०/ ०८१ मा जेरियाट्रिक एकाइमा १५ लाख रुपैयाँ  र सामाजिक सेवा एकाइमा २० लाख रुपैयाँ बजेट रहेको आएको बर्दिया अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताउनु भयो । 

उहाँले सामाजिक सेवा आएको २० लाख रुपैयाँ मध्ये, औषधी, खाना, रिफरल कुरुवाको लागि ११ लाख एक हजार चार सय ५९ रुपैयाँ,  परामर्श सेवाको लागि  पाँच लाख ९९ हजार, सात सय ४१ रुपैयाँ, कार्यालय,  सञ्चालन प्रचारप्रसार, समीक्षा बैठक लगायत अन्यमा दुई लाख ९८ हजार आठ सय रुपैयाँ छुट्टाइएको जानकारी दिनुभयो । साथै उहाँले जेरियाट्रिक एकाइ आउने १५ लाख रुपैयाँले ज्येष्ठ नागरिकलाई सेवा दिने गरिएको जानकारी दिनुभयो । 

Basgadhi PSA_final

सामाजिक सेवा/जेरियाट्रिक एकाइबाट क– कसले सेवा पाउँछ 

बर्दिया अस्पातलमा आउने  गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित ( बालबालिका समेत ), महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, शहीद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्मिक बिरामी ( अभिभावक नभएको), प्रहरीबाट ल्याएका थुनुवा , सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति सामाजिक सेवा एकाइबाट सेवा प्रदान गर्दै आएको सामाजिक इकाई सेवाका प्रमुख हेमन्त चौधरी बताउनु भयो । उहाँले ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई जेरियाट्रिक एकाइ निःशुल्क वा  चेकजाँचमा सहुलियत दिने गरेको जानकारी दिनुभयो ।

सामाजिक सेवा/जेरियाट्रिक एकाइ सेवा दिने महिला भन्दा पुरुष बढी 

सामाजिक सेवा÷जेरियाट्रिक एकाइ सेवा लिनेमा महिला भन्दा पुरुष बढी रहेका छन् । इकाइबाट सेवा लिएका एक हजार छ सय ५३ जना मध्ये आठ सय ६५ जना पुरुष र  सात सय ९३ जना महिला रहेका छन् । 

बर्दिया अस्पतालका मेडिकल रेकर्डर केशब न्यौपानेले सामाजिक सेवा एकाइबाट छ सय पाँच जना सेवा लिएका जसमध्ये तीन सय एक जना पुरुष र  तीन सय  चार जना महिला भएको जानकारी दिनुभयो । उहाँले जेरियाट्रिक एकाइबाट एक हजार ५३ जना ज्येष्ठ नागरिकले सेवा लिनु भएको मध्ये पाँच सय ६४ जना  पुरुष र चार सय ८९ जना महिला रहेको बताउनु भयो । सेवा लिनेहरू दलित समुदायका, जनजाति ,मधेशी, मुस्लिम, बाह्मण क्षेत्री रहेको जानकारी दिनुभयो । 

बिरामीहरूको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपयोग अभिवृद्धि गर्ने,  निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू उपलब्ध गराउने काम सामाजिक सेवा एकाइले गरेको छ । भने  ज्येष्ठ नागरिक (जेरियाट्रिक) सेवा सञ्चालन गर्ने र ज्येष्ठ नागरिकहरूलाई निःशुल्क वा सहुलियत रुपमा तोकिएका विशेषज्ञ सेवाहरू उपलब्ध गराउने गरी जेरियाट्रिक एकाइको स्थापना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page