Division forest_Ads
Barista_Training

थारू जातिको संस्कृतिसँग जोडिएको मौवा जातको बिरुवा वृक्षारोपण

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । गुलरिया नगरपालिका –५ बालापुरमा थारू जातिको संस्कृतिसँग जोडिएको तराईको रैथाने लोपोन्मुख मौवा जातको बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले बालापुरमा  २ हजार ७४ वटा मौवाको बिरुवा रोपेको हो । 

Basgadhi PSA_final

तराईको रैथाने लोपोन्मुख मौवालाई प्राथमिकतामा परेको मौवाको संरक्षण र  सम्वर्द्धन गर्न लागिएको  डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो । उहाँले समुदायले अतिक्रमण भएको जग्गालाई तारबार गरी १ दशमलव ३ हेक्टरमा २ हजार ७४ वटा मौवा जातको बिरुवा रोपेको जानकारी दिनुभयो । 

सामुदायिक वनका अध्यक्ष तिहार बहादुर चौधरीले मौवा  थारू जातिको संस्कृतिसँग जोडिएको प्रजातिको बिरुवा भएकोले मौवाको वृक्षारोपण स्थानीहरू उत्साहका र खुसी भएको  बताउनु भयो । उहाँले मौवाको बिरुवाको रेखदेख गर्ने काम स्थानीय र चौकीदारले गर्ने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘ मौकाको फल लाग्न थालेपछी मौवाको रक्सी बनाएर पनि बिक्री वितरण गर्न सकिन्छ । यदि सरकारले रक्सी उत्पादन र बिक्री बितरणलाई कानुनी मान्यता दिएमा व्यवसायिक रुपमा पनि  रक्सी उत्पादन गर्न सकिन्छ । ’

Leave A Reply

Your email address will not be published.