
बर्दिया (गुलरिया) । बारबर्दिया नगरपालिका वडा नं. ५ मा रहेको सैदान बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा बोल्ने प्रमुख अतिथि, अतिथि लगायतका वक्ताहरले सहकारीका प्रत्येक शेयर सदस्यले आर्थिक उत्पादनलाई जोड दिनु पर्ने र सहकारीले लगानीको वातावरण वनाउनु पर्ने बताउनु भयो ।

संस्थाका ७ सय ९४ जना शेयर सदस्यहरुको वीचमा संस्थाले आ.ब. २०७७।०७८को बार्षिक प्रगति प्रतिवेदन तथा कारोबारको प्रगति साधारण सभामा पेश गरेको थियो ।
संस्थाका अध्यक्ष लालबहादुर चौधरीले संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष कुसुम चौधरीले कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक लौटन चौधरीले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सवै प्रतिवेदनहरु साधारण सभामा पास भएका छन ।
कुल चुक्ता शेयर पूँजी ३८ लाख ५४ हजार नौसय रहेको संस्थाले आ.ब.२०७७।०७८ मा १ करोड ७८ लाख २० हजार ५०० लगानी गर्न सफल भएको संस्थाका अध्यक्ष चौधरीले बताउनु भयो । संस्थाले साधारण सभाको अवसरमा आफ्ना शेयर सदस्यहरुलाई सम्मान पनि गरेको अध्यक्ष चौधरीको भनाई छ ।


