bardiyahospital

विरामीलाई फलफूल वितरण

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बर्दिया अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समितिले शहीद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति दिवसको अवसरमा फलफूल वितरण गरेको हो ।

 नेपाल निजामती कर्मचारी सङ्गठनले पेशागत हकहितका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरका शहीद सम्झनामा देशभर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सङ्गठनले  शहीदहरूको सम्झनामा रक्तदान, वृक्षारोपण, वृद्धाश्रममा खाद्यान्न वितरण लगायतको कार्यक्रम गर्दै आएको छ ।

cld

सङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर विष्टले कर्मचारीको हकहितका लागि निरन्तर रुपमा नेपाल निजामती कर्मचारी सङ्गठन काम गर्दै आएको बताउनु भयो । उहाँले सङ्गठनले गरेको आन्दोलनमा २०४८ साल श्रावण १५ गते मनोज जोशीले सहादत प्राप्त गरेको दिनमा विभिन्न खालको कार्यक्रम गर्दै आएकोमा यस वर्ष अस्पतालमा रहनु भएका बिरामीको स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरिएको बताउनु भयो । 

आधिकारिक ट्रेड युनियनमा अध्यक्ष नारायण पराजुलीले कर्मचारीले पेशागत हकहित तथा सामाजिक उत्तरदायी निवाह गर्दै कर्मचारीले काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘  अधिकार प्राप्तिको लागि आन्दोलन गर्दा मनोज, झपेन्द्र र  सुरेन्द्रले सहादत प्राप्त गर्नु भएको हो । उहाँहरूको त्याग र बलिदान कर्मचारी आन्दोलन सफल भएको हो । उहाँहरूको सम्झनामा सङ्गठनले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । ’

बर्दिया अस्पतालमा बालरोग विशेषज्ञ विश्वनाथ कुमार शाहले अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको धन्यवाद दिर्दै आगामी दिनमा पनि अस्पतालमा यस्ता रचनात्मक कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

सङ्गठनले अस्पतालमा रहेको ५० जना बिरामीलाई फलफूल वितरण गरेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.