bardiyahospital

स्थानीय सरकार र पारालिगल समुह विच कार्यशाला गोष्ठि

Geruwa GIF

गुलरिया ।
बर्दियाको गुलरियामा दलित महिला उत्थान संघ बर्दियाको आयोजनामा स्थानीय सरकार र स्थानीय महिला अधिकारकर्मी पारालिगल समुह विच कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गोष्ठिले पारालिगल समुह र स्थानीय सरकार विच समन्वय हुनुपर्ने निश्कर्ष निकालेको छ ।


गोष्ठि गत शनिबार देखि आईतबार सम्म सञ्चालन भएको थियो । गोष्ठिमा कानुनी स्वयंसेवीका महिलाहरुको समुह पारालिगल समुहको काम कर्तव्य अधिकारको बारेमा जानकारी गराईएको थियो । पारालिगल समुहले समुदायमा देखापरेका लैंङ्गिक हिंसा, बालविवाह, बहुविवाहा , जबरजस्ती करणीका पीडितहरुलाई कानुनी उपचारका लागि सहजीकरण गरीदिने काम गरीरहेका छन् । उनीहरुले सामान्य तथा मेलमिलाप गर्न सकिने घटनाहरुलाई सामाजिक न्याय हुनेगरी मिलाउने र फौजदारी जस्ता अपराधका पीडितहरुलाई प्रहरी र अदालत सम्म पुग्नका लागि सहज बनाइदिने गर्दछन् । दलित महिला उत्थान संघ बर्दियाले मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा पारालिगल समुह गठन गरी अभियान सञ्चालन गरीरहेको छ ।

cld


गोष्ठिको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पुर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री विमला वि.क.ले महिला अधिकारकर्मीहरुले पहुँचमा नभएका पीडितहरुलाई न्यायको ढोका सम्म पुर्याउने काम पारालिगल समुहले गरेको बताउनु भयो । महिला कानुनी स्वयम्सेवीकाको नाम दिँदै पारालिगल समुहलाई अधिकार र मान्यता प्राप्त बनाउने प्रयास भईरहेको बताउनु भयो । स्थानीय सरकारले पारालिगल समुहको कामलाई मान्यता दिनुपर्ने उहाँको भनाई रहेको छ ।
मधुवन नगरपालिकाका नगरप्रमुख एवं विशिष्ट अतिथी गणेशबहादुर क्षेत्रीले पारालिगल समुहले महिलाहरुको अधिकारको लागि र समुदायमा सचेतना फैलाउनका लागि महत्वपुर्ण भुमिका खेलेको बताउँदै सहकार्य गरेर अगाडी बढ्न तयार भएको बताउनु भयो ।


दलित महिला उत्थान संघकी अध्यक्ष खिमा वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता केशव जिसीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले गर्नुभएको थियो । कार्यक्रममा तिन ओटा पालिकाका पारालिगल समुहका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थीती रहेको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.