

_तुलसा पाण्डे
जुन दिन ती आँखामा गाजल रहन्न ।
सम्झ तेही दिन यो पागल रहन्न ।।
अनगिन्ती तारा भए नि सगरमा
जुन नभए पछि झलमल रहन्न ।।

डुबी सकेपछि नयनमा एकैछिन
सराबीलाई सराबको तलतल रहन्न ।।
बरु ज्यान दिन्छु दिन परे हाँसी
तिमी बिना त म एकपल रहन्न
कतै दूर गए तिमी मुटुबाट
म जिउँदो रहला म हलचल रहन्न ।।