bardiyahospital

गजल 

सराबीलाई सराबको तलतल रहन्न

Geruwa GIF

 _तुलसा पाण्डे

जुन दिन ती आँखामा गाजल रहन्न ।
सम्झ तेही दिन यो पागल रहन्न ।।

cld

अनगिन्ती तारा भए नि सगरमा
जुन नभए पछि झलमल रहन्न ।। 

डुबी सकेपछि नयनमा एकैछिन
सराबीलाई सराबको तलतल रहन्न ।।

बरु ज्यान दिन्छु  दिन परे हाँसी
तिमी बिना त म एकपल रहन्न 

कतै दूर गए तिमी मुटुबाट
म जिउँदो रहला म हलचल रहन्न ।। 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.