bardiyahospital

लुम्बिनीका मुख्यमन्त्री आचार्यले ब्युँताउनु भयाे बुटवल सम्पर्क कार्यालय

Geruwa GIF

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनु भएकाे छ।

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाउनु भएकाे थियाे।

cld

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले बताउनु भयाे।

यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको मन्त्री दिनेश पन्थीकाे भनाइ छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.