Division forest_Ads
Barista_Training

पेन प्लसबाट नियमित सेवा लिनेहरु पाँच सय ७६ जना

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । पेन प्लस परियोजनाबाट पाँच सय ७६ जना बिरामीले नियमित उपचार सेवा लिइरहेको पाइएको छ । मुटु, मधुमेह, स्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयघात, सिकलसेल एनिमिया, थालेसेमिया , अटिजम तथा छारे रोग गरी पाँच सय ७६ जना उपचार सेवा लिइरहेको  पाइएको हो ।

विश्वभर सर्ने रोगले भन्दा नसर्ने रोगले मर्नेको संख्या बढीरहेको छ । नसर्ने रोगका अल्पआयुमा हुने मुत्युले विश्व समुदायको निम्ति समेत चिन्तित बनाएको छ । खानपान , आनीबानीका कारणले गर्दा सर्ने रोग भन्दा बढी नसर्ने रोग लाग्ने गरेको छ ।

Basgadhi PSA_final

पेन प्लस’ अन्तर्गत बर्दिया अस्पतालमा चेकजाँच गरिएका जटिल किसिमका विरामीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्ने काम समेत पेन प्लसले गर्दै आएको काठमाडौँ इन्स्टियुट अफ चाइल्ड हेल्थ कार्यक्रम अन्र्तगत सञ्चालित पेन प्लस पाइलट परियोजनाका फिल्ड अधिकृत सुरज सुजन बोहराले बताउनु भयो । उहाँले मुटु, मधुमेह, स्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयघात, सिकलसेल एनिमिया थालेसेमिया जस्ता गम्भीर नसर्ने रोगका उपचार पेन प्लस परियोजनाबाट गर्दै आएको जानकारी समेत दिनुभयो ।

उहाँले भन्नुभयो , ‘बर्दिया अस्पताल गुलरियामा उपचार आएका बिरामीहरु मध्ये एक ५९ जना मुटु रोगका, एक सय ४६ जना सिकलसेलका, एक सय ३० जना श्वासप्रश्वासका, ८४ जना मधुमेहका , २५ जना थालेसिमियाका, ३२ अटिजम तथा छारे रोगका बिरामीले उपचार सेवा लिइरहनु भएको छ । ’

अस्पतालमा आउनु भएका बिरामीलाई पेन प्लस परियोजनाको आवद्ध गराएर स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ । फिल्ड अधिकृत बोहराले अस्पतालमा आउने बिरामीलाई स्वास्थ्य बिमा आवद्ध हुन आग्रह गर्ने र आर्थिक अवस्था कमजोर भएका बिरामी भएमा वडा वा पालिकाको सिफारिसमा पेन प्लसले पनि स्वास्थ्य बिमा सहयोग समेत गर्ने गरेको जानकारी दिनभयो । स्वास्थ्य बिमा गरेका बिमामा आवद्ध भएका बिरामीहरुको बिमा लागु नहुदाँसम्मको समयमा पेन प्लसबाट निःशुल्क उपचार समेत गरिएको बताउनु भयो । उहाँले स्थानीय तहमा रहेका अस्पतालले नसर्ने रोग लागेका बिरामीलाई बर्दिया अस्पतालमा पठाएर पेन प्लस परियोजनाबाट सेवा लिने गरी रिफर गर्न जरुरी रहेको बताउनु भयो ।

पेन प्लस परियोजना २०७९ माघ १८ गतेबाट नेपालको तीन जिल्लामा सुरुवात भएको हो ।

Leave A Reply

Your email address will not be published.