Division forest_Ads
Barista_Training

पूर्वमन्त्री पन्थीले सरकारका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने

प्रधानमन्त्रीलाई जानकारी र स्वास्थ्य मन्त्री सहित अन्यलाई खुल्ला पत्र 

Geruwa GIF

 सम्माननीय प्रधानमन्त्री ज्यू लाई जानकारी र माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेल ज्यू ,स्वास्थ्य सचिव रोशन पोख्रेल सहित जम्बो सचिव ( ५जना ) टीम र निर्देशक संगिता कौसल मिश्रका नाममा खुला पत्र :

हाम्रो सुशासन खै कता छ ? सङ्घीयता खै कता छ ? यो स्वास्थ्य मन्त्रालयले के काम गर्छ ? स्वास्थ्य सेवा ? विभाग हो कि दुख विभाग हो ? अनि यहाँ के काम हुन्छ ? एउटा फाइल “कपिलवस्तु डायलासिस सेन्टर ” ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झन झन पछि पर्दै छौ ? हाम्रो ब्युरो क्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ । यो फाइल भित्र लेखक लाई कथा छ पत्रकारलाई रोचक समाचार छ , वकिल लाई मुद्दा र बहस छ किड्नी पीडितका लागि दुख र पीडा छ ।

Basgadhi PSA_final

अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ । प्रदेश स्वास्थ्य मन्त्रालय बाटै हुनुपर्ने सामान्य कामलाई काठमाडौँ तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर निरीक्षण गरेको घण्टा वा दिनमा हुनुपर्ने काम १७ महिना देखि २१ पटक अध्यक्ष एजाज आलम र म पालै पालो धाउदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पीडितको तर्फबाट सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौ । आशा छ यो मुद्दाले नेपालमा फाइल अडकने घुम्ने काम र सङ्घीयतामा सुधार हुनेछ किड्नी पीडित ले न्याय पाउनेछन् ।कथा लामो छ तर अहिले यत्ति ।

( विष्णु पन्थी लुम्बिनी प्रदेशमा पूर्व स्वास्थ्य मन्त्री हुनुहुन्छ । पन्थी नेकपा एमालेका तर्फबाट कपिलवस्तु १ ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले २०७९ सालमा माघ महिनामा स्वास्थ्य मन्त्री समेत हुनु भएको थियो । )

Leave A Reply

Your email address will not be published.