_श्यामकुमारी चौधरी
पुस्तक जस्तै एउटा जिन्दगानी रहेछ ।
पीर, व्यथा लेखिएको ,कहानी रहेछ ।।
यो मेरो गाउँमा बाटो किन बनेन भन्थे
शासनको भर अनि घर राजधानी रहेछ ।
दुखियाका घरमा किन दुःख किन आउँछ
त्यो दुःख ल्याउने भगवान अज्ञानी रहेछ ।।
आउँछ दिलभित्र छिरेर सुस्तरी जान्छ
तिम्रो यादहरू पनि कसम बेइमानी रहेछ ।।
मान्छेहरूले अचेल गुण कहाँ देख्छन्
सबैले हेर्ने त उहीँ आम्दानी रहेछ!!