bardiyahospital

आउँछ  दिलभित्र छिरेर सुस्तरी जान्छ 

गजल 

Geruwa GIF

_श्यामकुमारी चौधरी 

पुस्तक जस्तै एउटा जिन्दगानी रहेछ ।
पीर, व्यथा लेखिएको ,कहानी रहेछ ।। 

cld

यो मेरो गाउँमा बाटो किन बनेन भन्थे
शासनको भर अनि घर राजधानी रहेछ । 

दुखियाका घरमा किन दुःख किन आउँछ
त्यो दुःख ल्याउने भगवान अज्ञानी रहेछ ।। 

आउँछ  दिलभित्र छिरेर सुस्तरी जान्छ
तिम्रो यादहरू पनि कसम बेइमानी रहेछ ।।

मान्छेहरूले अचेल गुण कहाँ देख्छन्
सबैले हेर्ने त उहीँ आम्दानी रहेछ!!

online dubble sclaed
Leave A Reply

Your email address will not be published.