निर्मला चौधरी , बर्दिया । सार्वजनिक यातायातमा हुने मनपरीलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले पहल गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला पक्षको बैठक राखी प्रमुख जिल्ला अधिकारी शर्माले पहल गर्नु भएको हो ।
बर्दियाबाट सञ्चालन रहेका लामो तथा छोटा दुरीको सवारी साधनले गर्ने मनपरी भाडा लिने यात्रुलाई गन्तव्यमा नपुर्याउने आरक्षण सिट नराख्ने जस्ता समस्या रहेका थिए । सार्वजनिक यातायातको क्षेत्रमा देखिएको समस्यालाई कम गर्न जिल्ला प्रशासन कार्यालयले पहल थालेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी साधन र यातायात व्यवस्थालाई सुव्यवस्थित बनाउन ऐनमा विभिन्न व्यवस्था रहेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सार्वजनिक यातायातका सवारी साधनहरूले सवारी साधन सञ्चालन गर्दा तोकिएको समयमा नछुट्न पर्ने, यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्याउने , बढी भाडादर लिने नहुने , सिट् क्षमताभन्दा बढी यात्रु नराख्ने निर्याण गरिएको बताउनु भयो । उहाँले विद्यार्थी अपाङ्ग ज्येष्ठ नागरिकलाई तोकिएको दरमा छुट सुविधा दिने, निर्णय समेत बैठकमा भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बर्दियाले विद्यार्थी अपाङ्ग जेष्ठ नागरिकलाई मिनीबस तथा माइक्रो बसका सवारी साधनले विद्यार्थी ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति जनआन्दोलनका घाइतेलाई सहुलियतको रुपमा भाडामा छुट दिए बापत त्यस्ता साधनका धनीले तोकिएको करमा ६०% छुट पाउने व्यवस्था समेत भएको हुदाँ प्रचलित कानुनले अनुसार छुट व्यवस्थापनको कार्यान्वयन नगरेका सार्वजनिक यातायातका साधनलाई कारवाही समेत हुने जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीकोप्रमुख, नगर प्रमुखहरू राजनैतिक दलका प्रमुख तथा पदाधिकारीहरू सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, पत्रकार महासङ्घ तथा सन्चार माध्यम, गैसस महासंघ, नागरिक समाज, नेपाल वार लगायतको लगायतको उपस्थिति रहेको थियो ।