

बर्दिया । भन्सार छली गरी ल्याएको करिब ७० हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । भन्सार छली गरी ल्याएको लेडिज सुट, मोटरसाइकल तथा साइकलको ट्यूब, कपडाको करिब ७० हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी अवैध रुपमा ल्याएको अवैध लेडिज सुट थान–४१, बच्चाको फ्राक थान– ३६ कपडा गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुर चोक एरियामा नियन्त्रण लिएको हो । त्यसैगरी साइकलमा प्रयोग हुने ट्युब थान– ३० र मोटर साइकलमा प्रयोग हुने ट्युब २३ थान गुलरिया –७ बाट पक्राउ गरेको छ । भने अवैध रुपमा लुकाई छिपाई साइकलमा ल्याउँदै गरेको पर्दा कपडा २० मिटरको ६ रोल कपडा गुलरिया –८ भादाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अवैध रुपमा प्रहरीले पक्राउ गरेको समान नियन्त्रणमा लिई आवश्यक कार्यबाहीको लागी राजापुर भन्सार कार्यालय बर्दिया बुझाउने प्रक्रियामा रहको जिल्ला प्रहरी बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनु भयो