bardiyahospital

 प्रहरीले अवैध सामान बरामद गरेको छ

Geruwa GIF

 बर्दिया । भन्सार छली गरी ल्याएको करिब ७० हजार रुपैयाँ बराबरको अवैध सामान  प्रहरीले बरामद गरेको छ । भन्सार छली गरी ल्याएको लेडिज सुट, मोटरसाइकल तथा साइकलको ट्यूब, कपडाको करिब ७० हजार रुपैयाँ बराबरको अवैध सामान  प्रहरीले बरामद गरेको हो । 

भारतबाट भन्सार छली  गरी  अवैध रुपमा ल्याएको अवैध लेडिज सुट थान–४१, बच्चाको फ्राक थान– ३६ कपडा गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुर चोक एरियामा नियन्त्रण लिएको  हो । त्यसैगरी साइकलमा प्रयोग हुने ट्युब थान– ३० र मोटर साइकलमा प्रयोग हुने ट्युब २३ थान गुलरिया –७ बाट पक्राउ गरेको छ । भने अवैध रुपमा लुकाई छिपाई साइकलमा ल्याउँदै गरेको पर्दा कपडा २० मिटरको ६ रोल कपडा गुलरिया –८ भादाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

cld

अवैध रुपमा प्रहरीले पक्राउ गरेको समान  नियन्त्रणमा लिई आवश्यक कार्यबाहीको लागी राजापुर भन्सार कार्यालय बर्दिया बुझाउने प्रक्रियामा रहको जिल्ला प्रहरी बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले  बताउनु भयो 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.