Krishnasar_Dubble Ad
Barista_Training

फरक क्षमता भएकी प्रितमलाई सम्मान   

Geruwa GIF

 दिनेश ठाकुर, गुलरिया । विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा फरक क्षमता भएकी प्रितम थारू (लक्ष्मी) लाई सम्मान गरिएको छ । २४ औँ विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा फरक क्षमता भएर पनि एसइइमा उर्तीण भएकी  थारूलाई सम्मान गरिएको हो ।

 २०८० सालको प्रकाशित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्रयागपुरबाट ६९ जना विद्यार्थीले एसइइको परीक्षा दिएका थिए । तर एसइइको नतिजा आउँदा मस्तिष्क पक्षघात भएकी फरक क्षमता भएकी प्रितम मात्र उर्तीण हुनु भएको थियो । मस्तिष्क पक्षघात भएर पनि एसइइको परीक्षामा उर्तीण भएकोले थारूलाई मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाले सम्मान गरेको हो । 

प्रयागपुरमा नै  कक्षा एक देखि तीन सम्म पढ्नु भएकी थियो । तर पछि विद्यालयले शारीरिक अशक्त भएका कारण विद्यालयले पढाउन नमान्दा एक वर्ष उनको पढाइ स्थगित भएको थियो । पछि विद्यालयमा मस्तिष्क पक्षघात स्वावलम्बन समूहले विशेष कक्षा स्थापना गरेपछि थारूलाई कक्षा चारमा भर्ना गरिएको थियो । 

मस्तिष्क पक्षघात स्वावलम्बन समूहले विशेष कक्षाको कारण आफू पढ्न पाएकोले एसइइमा उर्तीण समेत भएको प्रितम ( लक्ष्मी ) थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संस्था नभएको र संस्थामा काम गर्ने कर्मचारीले रेखदेख स्याहारसुसार नगरेको भए म पढ्ने अवसरबाट बञ्चित हुने थिए । आज म एसइइको  परीक्षा उर्तीण हुनुमा संस्थाको योगदान रहेको छ ।

मस्तिष्क पक्षघात स्वावलम्बन समूहले २०७० सालदेखि हालसम्म पहिचान भएका तीन सय जना मस्तिष्क पक्षघात भएका बालबालिकालाई सेवा दिएको मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाकी संयोजक निरमा चौधरीले जानकारी दिनुभयो  । उहाँले २०७३ सालदेखि विशेष कक्षाको रूपमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्रयागपुरमै १२ जनाले,  बढैयाताल दिवा सेवा केन्द्रमा १५ जनाले, र वैशाखदेखि बाँसगढी नगरपालिकामा विशेष कक्षा मार्फत १० जनाले सेवा पाइरहेका चौधरीले  बताउनु भयो । 

Basgadhi PSA_final

उहाँले भन्नुभयो , ‘ मस्तिष्क पक्षघात भएका १५० जना बालबालिकालाई फिल्ड मार्फत सेवा दिइएको छ । शारीरिक अशक्त भएपनि बौद्धिक रूपमा सक्षम भएका १७ जना बालबालिकाका अभिभावकहरूलाई परामर्श दिएर विद्यालयमा भर्ना गरिएको छ । र ४२ जना बालबालिका विशेष कक्षा र विद्यालयमा शिक्षा लिइरहनु भएको छ । ’
मस्तिष्क पक्षघात भएका बालबालिकालाई आवश्यकता अनुसार एक्सरसाइज, थेरापी, औषधि उपचार सम्बन्धी सल्लाह सुझाव र उपचारको लागि पठाउने गरिएको चौधरीले बताउनु भयो ।

गुलरिया नगरपालिका वडा नं ९ कि कुन्ना यादवले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्रयागपुरमा रहेको विशेष कक्षाबाट आफ्नो बच्चालाई दिवा सेवा केन्द्रमा सिकाइएका थेरापी र एक्सरसाइजले आफ्नो बच्चालाई अहिले राम्रो भएको बताउनु भयो । 

उहाँले शारीरिक अशक्त बालबालिकाका अभिभावकलाई जे जे थेरापी तथा एक्सरसाइज सिकाइन्छ त्यति गर्दा पनि बच्चामा सुधार आएको जानकारी समेत दिनुभयो ।
आर्थिक अभाव भएकोले बच्चालाई अस्पताल जाँदा बच्चालाई उपचार गर्न दुई तीन लाख लाग्ने भनेपछि आफू निराश समेत भएको यादबले बताउनु भयो । तर विद्यालय रहेको स्याहार केन्द्रमा हुने रेखदेख, एक्सरसाइज, तथा  थेरापीले बच्चालाई धेरे फाइदा भएको छ । 

गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले मस्तिष्क पक्षघात भएका बालबालिकालाई बोझ नसम्झिन उनले अभिभावकहरूलाई अनुरोध  गर्नु भएको छ । उहाँले शारीरिक रूपमा अशक्त भएपनि बौद्धिक रूपमा धेरै अगाडि रहने विभिन्न व्यक्तिहरूको उदाहरण दिदैँ फरक क्षमता भएको बालबालिकालाई प्रोत्साहित गर्नु पर्नेमा जोडदिनु भयो । 

पत्रकार महासङ्घ बर्दियाकी उपाध्यक्ष मेनका चौधरीले शारीरिक रुपमा फरक क्षमता भएका अशक्त भएका बालबालिकाको पक्षमा पत्रकार रहेको बताउनु भयो । फरक क्षमता भएको बालिबालिकाको पक्षमा आफूले निरन्तर रुपमा कलम चलाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । 

बासगढी नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको वडा सदस्य मनिराम थारूले  मस्तिष्क पक्षघात स्वावलम्बन समूहद्वारा विद्या ज्योति आधारभूत विद्यालयमा सञ्चालित दिवा कक्षाको मर्मत सम्भार सम्पन्न गरेको  जानकरी दिनुभयो । उहाँले अपाङ्ग बालबालिकाहरूलाई कक्षासम्म पुग्न सहज बनाउने उद्देश्यले दिवा कक्षालाई अपाङ्गमैत्री बनाउन बजेट छुट्याइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page