Division forest_Ads
Barista_Training

वर्षेनी आत्महत्या बढ्दै, प्रदेशमा मानसिक रोग विशेषज्ञको अभाव 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको  अन्तर्गत  रहेका अस्पतालमा मानसिक रोग विशेषज्ञको अभाव भएको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका १४ अस्पतालमा मध्ये ११ अस्पतालमा मानसिक रोग विशेषज्ञको अभाव भएको पाइएको हो । 

अस्पतालहरूमा मानसिक रोगको विशेषज्ञको दरबन्दी रहेपनि चिकित्सक नहुदाँ अधिकांश बिरामी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।  मानसिक स्वास्थ्य सेवामा नागरिक पहुँचको अभाव हुँदा धेरै मानिसहरू मानसिक स्वास्थ्यको उपचार सेवा लिन सकेको छैनन् । बढी जनसङ्ख्या भएको शहरी क्षेत्रमा मानसिक रोगको उपचार केन्द्र भएपनि  गाम्रीण भेगको अवस्था अझै भयावह छ । 

मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवालीले  मानसिक रोगको उपचार गर्ने सुविधा ग्रामीण क्षेत्रमा अहिलेको अवस्थामा मानसिक स्वास्थ्य सुविधा छँदै छैनको अवस्थामा रहेको बताउनु भयो ।  उहाँ भन्नुहुन्छ, ‘ भएका अस्पतालहरूमा कि त मानसिक रोगको उपचार गर्ने विभाग छैन कि त भएकामा पनि पर्याप्त दक्ष जनशक्ति छैनन् । भने शहरी क्षेत्रमा पनि उपचारको सुविधा कम रहेको छ । ’

आत्महत्याको रोकथाममा अहिले नेपालको प्रमुख समस्या भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धी भ्रम र जनचेतना भएको मनोविज्ञ तथा थेरापिस्ट डाक्टर विजय ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आत्महत्याको समस्या भनेको मानसिक रोगको उपचारमा पहुँचको कमी हो ।  एक तर्फ मानसिक रोगको बारेमा जनमानसमा थुप्रै मिथ्याहरू रहेको छ । अर्को तर्फ रोगको पहिचान र उपचारको लागि पर्याप्त पहुँच छैन  । हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढङ्गको छ । जनचेतनाको कमी या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टामा आफूमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त समेत गर्ने परम्पराको नै विकास भएको छैन । ’
मानसिक रोगीलाई हेरिने नकारात्मक दृष्टिकोण तथा मानसिक रोगलाई पूर्वजन्मको पापको सज्ञा दिने गरिन्छ। । भने समाजको गर्ने व्यवहारमा परिवर्तन हुने डरले पनि मानसिक रोगका बिरामीले आफूमा भएको समस्या लुकाएर राख्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ समाजमा मानसिक समस्याको बारेमा गलत मिय्या व्याप्त रहेको छ । भने केही परिवारको परिवारको चाहना हुँदाहुँदै पनि मानसिक रोगको उपचारको सुविधा र पहुँचको अभावमा धेरै मानसिक रोगीले समयमा उपचार नपाउने अवस्था सिर्जना भएको छ ।’


सबैभन्दा ठुलो कुरा आम मानिसमा मानसिक रोगको उपचारको लागि अस्पताल जानु पर्छ भन्ने संस्कारको विकास भएको छैन । नेपालमा अहिले आत्महत्या रोकथामको हेल्पलाइनको पनि अत्यन्त कमी छ  ।  निजी क्षेत्रको प्रयास अप्रयाप्त छ ।  सरकारी क्षेत्रबाट हेल्प लाइनको कुनै व्यवस्था छैन ।  तसर्थ सम्बन्धित क्षेत्रले ध्यान दिनु अत्यन्त जरुरी छ ।

प्रत्येक वर्ष आत्महत्या बढ्दै 

Basgadhi PSA_final

नेपाल प्रहरीको तथ्यांक अनुसार प्रत्येक वर्ष आत्महत्या बढ्दै गएको पाइएको छ । प्रहरीको तथ्यांक गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको पाइएको हो ।

आत्महत्या गर्ने व्यक्तिले तत्काल कुनै आवेशमा समस्याको निष्कर्षमा पुग्न नसकेर जीवनको अन्त्य नै समस्याको समाधान हो भन्ने ठानी आफ्नो जीवनको अन्त्य गर्नु नै आत्महत्या हो । आत्महत्या मानसिक अवस्थासँग जोडिएको हुन्छ । मान्छेले आफ्नो आवेश र संवेगलाई नियन्त्रण गर्न नसकेर प्रायः आत्महत्या गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले आत्महत्याको ९० प्रतिशत कारण मानसिक रोगको बताउर्दै आएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ९ सय ९३ जना,  आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ८ सय ३० जना,रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्बेषण योजना तथा बिकास निर्देशानलय नक्साल काठमाडौँले प्रकाशन गरेकोे आत्महत्या न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनलले  आत्महत्या हुनुको प्रमुख कारण मानसिक तनाब, आर्थिक तनाब, प्रेममा असफलता, घरेलु हिंसा लागू औषध दूव्र्यसनी, मादक पदार्थ सेवन, पारिवारिक द्धन्द, जबरजस्ती करणी, असफलता, गम्भिर यौन उत्पीडन, अनैतिक सम्बन्ध, बिवाहेत्तर सम्बन्ध, पागलपन, सामाजिक बहिष्कार जिद्दीपन, अभिभावकको संरक्षकत्वमा कमी,  एक्लोपन, दीर्घ रोग, ब्ल्याक मेल, आफन्तसँगको वियोग, आक्रामक व्यवहार, देखासिकी, पारिवारिको सदस्यको आत्महत्याबाट मुत्यु शारिरीक अपाङगता कारण आत्महत्या हुने गरेको जनाएको छ । 

आर्थिक वर्ष २०८०/०८१ भएको आत्महत्याको संख्या हेर्दा कोशी प्रदेशमा १ हजार ५ सय ५५ जनाले, बाग्मती प्रदेशमा १ हजार ५ सय १० जनाले, लुम्बिनी प्रदेशमा  १ हजार ३ सय ३० जनाले, मधेश प्रदेशमा १ हजार २ सय ९० जनाले, गण्डकी प्रदेशमा ६ सय ५७ जनाले सूदूरपश्चिम प्रदेशमा ५ सय ५५ जनाले र कर्णाली प्रदेशमा ३ सय २४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक रहेको छ  सात प्रदेशमा मध्ये आत्महत्या बढी हुने तेस्रो नम्बरमा लुम्बिनी प्रदेश पर्छ । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी आत्महत्या हुनेमा रुपन्देही रहेको छ । भने सबैभन्दा कम आत्महत्या हुनेमा रुकुम पूर्व रहेको छ । 


डाक्टर काफ्ले  ः – ९० प्रतिशत आत्महत्या मानसिक रोगको गर्दा हुन्छ 

९० प्रतिशत आत्महत्या मानसिक रोगको कारण हुने गरेको मानसिक रोग बिशेषज्ञ डाक्टर बिक्रम काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आत्महत्या आवेग आएर १० प्रतिशतले गर्छन । भने ९० प्रतिशतमा आत्महत्या मानसिक रोगको कारण लाग्ने गर्छ । ’

समयमा उपचार गर्न सकेमा मानसिक रोगको कारण हुने आत्महत्या रोक्न सकिने डाक्टर काफ्लेले जनाकारी दिनुभयो । आत्महत्या मध्ये पनि सबैभन्दा बढी डिप्रेशन, सिजोफ्रेनिया , बाइबोलर डिसअर्डर, रोगका  बिरामी हुन । त्यसको साथै लागुऔषधको प्रयोग, मादक पदार्थको सेवन गर्नेले पनि गर्ने गरेको पनि आत्महत्या कारण हुने गरेको जानकारी दिनुभयो । मानसिक रोग पनि अन्य रोग झैँ उपचार गरेमा मानसिक रोगका कारण हुने आत्महत्याको रोक्न सकिन्छ । मानसिक रोगीलाई गरिने व्यवहारका पनि कयौँ बिरामीहरु उपचारका लागि जान नचाहने, र उपचार गरेपनि गोप्य राख्न चाहने गरेको डाक्टर काफ्ले जानकारी दिनुभयो । सही समयमा उपचार गर्न सकेमा मानसिक रोगको उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिने बताउनु भयो ।


नेपालमा प्रत्येक वर्ष  आत्महत्या गर्नेहरुको संख्या बढीरहेको छ । मानसिक स्वास्थ्यलाई प्रमुख स्वास्थ्य समस्याको रुपमा लिएर  अन्य रोगलाई झै मानसिक रोगलाई पनि प्राथमिकतामा राखेर सघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तहले काम गर्न आवश्यक देखिन्छ

 

Leave A Reply

Your email address will not be published.