Division forest_Ads
Barista_Training

जबरजस्ती करणीको कसुरमा जन्मकैद सजाय

Geruwa GIF

कृष्णसार अनलाइन । १७ वर्षीया बालिकालाई  जबरजस्ती करणीको कसुरमा  गरेको कसुरमा बर्दिया जिल्ला अदालतले बढैयाताल गाउँपालिका–८ का ४४ वर्षीय बाबुराजा थापालाई ०८१ मङ्सिर २८ गते जन्मकैद सजायको फैसला गरेको छ ।

Basgadhi PSA_final

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर २८ गतेको इजालसले कसुर ठहर गर्दै जन्मकैदको सजाय, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र ७ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०७९ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले थापालाई फागुन २ गते  पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.