bardiyahospital

पत्रकार महासङ्घका नवनिर्वाचित टिमलाई बधाई एवम् शुभकामना – प्रमुख जिल्ला अधिकारी शर्माले

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । पत्रकार महासङ्घका नवनिर्वाचित टिमलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बधाई एवम् शुभकामना व्यक्त गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा शर्माले बधाई एवम् शुभकामना व्यक्त गर्नु भएको छ ।  

 पत्रकार महासङ्घको मंसिर २८ गते भएको निर्वाचनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्य, केन्द्रिय परिषद सदस्य लगायतको टिमलाई प्रमुख जिल्ला अधिकारी बधाई एवम् शुभकामना व्यक्त गर्नु भएको थियो । 

cld

बधाई एवम् शुभकामना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आवाज विहीनहरूको आवाज बनेर कयौँ पत्रकारले कलम चलाई रहेको बताउनु भयो  । उहाँले नागरिकले प्राप्त गर्ने सेवासुविधाको बारेमा सत्यतथ्य सन्तुलित समाचार बाहिर ल्याएर राज्यलाई जिम्मेबार बन्न मदत पुगेको बताउनु  भयो । उहाँले  भन्नुभयो, ‘ नवनिर्वाचित टिमले शान्तिसुरक्षा विकास निर्माण र आवाज विहीनको आवाज बाहिर ल्याउने गरी काम गर्नु सक्नुहोस्  । सञ्चार माध्यममा आएका समाचारले सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउने छ ।’ उहाँले सत्यतथ्य समाचार बाहिर ल्याउने गरी काम गर्न गरी काम गर्न अनुरोध गर्दै नवनिर्वाचित टिमलाई शुभकामना समेत व्यक्त गर्नु भयो ।   

पत्रकार महासङ्घका अध्यक्ष निर्मल घिमिरेले  सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुविधा लगायतको बारेका पत्रकारलाई आवश्यक पर्ने सूचनाको सहज रुपमा उपलब्ध  हुने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारी आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘पत्रकार महासङ्घले सरकारी निकायसँग निरन्तर समर्पक र समन्वय गरी काम गर्नेछ ।’ पत्रकार महासङ्घको निर्वाचित टिमलाई बधाई एवम् शुभकामना कार्यक्रमको आयोजना गरेको सुरक्षा परिषदको टिमलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।

त्यसैगरी पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष यादव आचार्यले  पत्रकारलाई महासङ्घका नवनिर्वाचित टिमलाई सम्मान गरेर बधाई एवम् शुभकामना दिनका लागि आयोजना गरिएको कार्यक्रमले पत्रकारलाई हौसला प्रदान गर्नुको  साथै थप जिम्मेवार बनाएको बताउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीले जिल्लामा  आएपछि निरन्तर रुपमा पत्रकारसँग सहकार्य गरेर काम गरेको  हुँदा जनता सुसूचित गराउन प्रशासन सहयोग निरन्तर पाएको बताउनु भयो 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.