bardiyahospital

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुनमा

Geruwa GIF

कृष्णसार अनलाइन। प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुनमा हुने भएको छ । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ विराटनगरमा हुने भएको हो । 

पुष १७ बसेको प्रेस चौतारी नेपालको सचिवालय बैठकले  माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तय गरेको उपाध्यक्ष गणेश पाण्डेले  बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको  अध्यक्षमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।’ बैठकमा नेकपा एमालेका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतम, सङ्गठन विभाग सचिव माधव ढुङ्गेलको बैठकमा सहभागी हुनुहुन्थ्यो । सचिवालय बैठकमा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनका विषयमा समीक्षा भएको छ । ’

प्रेस चौतारी नेपालको ९ औं राष्ट्रिय महाधिवेशन पोखरा भएको थियो 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.