bardiyahospital

भाग्दै गरेको समयसँग

कविता

Geruwa GIF

_विष्णु पादुका

 लेखनको अर्बुदले

cld

मुक्ति दिदैँन

भावहरूको हत्या गरेर

सार्वजनिक मसानघाटमा

बेवारिसे परेपछिको

फेन्ट्यासी गजब हुन्छ

यस्तो लाग्छ , धनुष जोसुकैको होस्

प्रत्यञ्चा मै खिच्दैछु

 

अनिदा रात

बोल्न नसकेका बात

कसैका अतृप्‍त मात

सट्टामा प्राप्त घात

समयका आयामसँग जोडेर जिन्दगी बनेको हुन्छ

 

लासहरुको चिरफार पछि

भेटिने कारणहरू हुन् हत्याका

साधुका ज्यानमा

बलिया अपसकुनहरू

कहिले पो प्रकट हुन्थे र

समुद्रमा कुन हिमाल खोज्नु र नामाकरण गर्नु त्यो पानीको

 

ढोलक बजे पनि नबजे पनि

धर्ती घुम्न छोड्ने हो भने

सकिन्छ यो तामझामको घुमाइ

र पनि बाँकी रहन्छ समय

 

डुबेको डुङ्गाकै हो

खोजी हुने

गुमेका आयुको भरपाई

भेटिनु नभेटिनु अलग कुरा हो

एक आशामा जीवित

समय र प्रेम मान्छेका लागि । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.