_सुशिल ज्ञवाली
बिर्खे मेरो साथी हो ! उ, म जस्तै छ्, इमानदार अनि म भन्दा अलि चलाख। हामी गाउँमा हुर्केको भएर होला अलि परम्परागत छौ। हाम्रो नियमित सौच खेत वा नदि किनारमा हुने गर्दछ । एक दिन बिर्खेले देशमा सङ्घीयता आएको र राज्यको शासकीय स्वरुप परिवर्तन भएको कुरा गर्दै थियो मसँग।
मैले सोधे यसले हामीलाई के फाइदा गर्छ? बिर्खेले हाँस्दै भन्यो ” मूर्ख गाउँ गाउँमा सिंहदरबार आउँछन् ,गरिब का दिन आँउछन्, जनतालाई राज्य ले हरेक काम मा अनुदान दिएर सहयोग गर्छ! अर्को बिहानै बिर्खे दगुरेर म कहाँ पुग्यो, हस्याङफस्याङ गर्दै पालिकाले नयाँ काम वा फरक काम गर्नेलाई अनुदान सहयोग दिने कुरा भन्यो।
बिर्खे दङ्ग थियो, उस्ले मलाई निकै बेर केरकार गर्यो। के काम गरूँ भन त ? गाई, भैँसी, बाख्रा फार्म, कृषि, तरकारी, आधुनिक खेतीकै, कागती, मेवा, सुन्तला, मकै, धान खेतीकै ? कुनै उधोग ? सहकारी ? कारखाना? आदि आदि प्रश्नहरू गरि रह्यो म सङ्ग्। के गरौँ भन न ? उस्को प्रश्न ले म झसङ्ग भएछु , उस्का प्रश्नै प्रश्न ले म कता कता हराएछु।
बिर्खे आजै पालिका गएर अनुदान को फारम भर्न आतुर देखिन्थ्यो। मैले सोधे, तेरो योजना के छ? पालिका ले के कस्ता आधार हरू प्रस्तुत गरेको छ? उ रिसायो । छोड यि सब कुरा। म के गरूँ त्यो भन्। म सङ्ग कुनै तेस्रो योजना छैन, मैले भने । बिर्खे रिसायो। उफ्रँदै गयो । म मेरो काम आफै गर्छु। एक्कासि उसको दिमाग मा एउटा नयाँ आइडिया फुर्यो, उस्ले सोच्यो सधैँ सौच गरेपछि पात प्रयोग गर्थे आज धुन्छु। बिर्खेले तेसै गर्यो अनि हतार हतार खाना खाएर पालिका हानियो।
अध्यक्षज्यू मैले पनि नयाँ काम गर्ने भए आज बाट, सौच पछि सधैँ पात प्रयोग गर्थे आज बाट धुन थाले, मलाई अनुदान मा चर्पी बनाइदिनु पर्यो। अध्यक्ष ज्यू दङ्ग परि हाँस्दै भन्नु भो “हो त है बिर्खेजस्ता त हामी सँगै आलि मुन्तिर बसेका थियौ ।” तेरो काम पक्का! पालिका अध्यक्ष नि दङ्ग, बिर्खे नि दङ्ग।