Division forest_Ads
Barista_Training

 प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक महोत्सव – भुरिगाउँमा

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव हुने भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले  भुरिगाउँ बजारमा  प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक महोत्सव गर्न लागेको हो । 

ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पालिका हो । यहाँ पर्यटनको धेरै सम्भावना भएकोले बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिर केदारेश्वर धाम, कृष्णसार, लगायत पर्यटकीय क्षेत्रको रहेको छन् । 

लुम्बिनी  प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा थप प्रचारप्रसार गर्न उद्देश्यले महोत्सवको पत्रकार सम्मेलन बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा गरिएको वाणिज्य सङ्घका अध्यक्ष गणेश कुँवरले बताउनु भयो । उहाँले महोत्सवमा एक लाख मानिसले अवोलकन गर्ने विश्वास लिएको बताउनु भयो । 

Basgadhi PSA_final

बर्दियाको पर्यापर्यटन र घुम्न जाउँ बर्दिया कार्यक्रम सफल बनाउन पनि महोत्सवको आयोजना गरिएको वाणिज्य सङ्घको  वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताउनुभयो । उहाँले ठाकुरबाबा नगरपालिकाको प्रमुख उद्योग नै पर्यटन भएकोले पनि यसको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको  जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘महोत्सव अवधीमा ठाकुरबाबा नगरपालिका घुम्न आउने पर्यटकको लागि निकुञ्जको आसपासमा रहेका होटल व्यवसायीसँग बसेर पर्यटकका विशेष प्याकेट घोषणा गर्ने गरि काम गर्ने तयारी भएको छ ।’

त्यसैगरी वाणिज्य सङ्घका महासचिव गोपाल निरौलाले महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएको स्टललाई विशेष प्राथमिकतामा राखेर निःशुल्क स्टल राख्न दिने व्यवस्था मिलाउने तयारी भएको बताउनु भयो । उहाँले महोत्सवमा एक सय २० स्टल राख्ने तयारी गरिएको र  विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका आविष्कारलाई प्राथमिकता राखिएको बताउनु भयो । 

महोत्सव माघ १४ गतेदेखि २४ गतेसम्म  भुरिगाउँ बजारमा सञ्चालन हुनेछ  । महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।  

Leave A Reply

Your email address will not be published.