bardiyahospital

 प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक महोत्सव – भुरिगाउँमा

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव हुने भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले  भुरिगाउँ बजारमा  प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक महोत्सव गर्न लागेको हो । 

ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पालिका हो । यहाँ पर्यटनको धेरै सम्भावना भएकोले बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिर केदारेश्वर धाम, कृष्णसार, लगायत पर्यटकीय क्षेत्रको रहेको छन् । 

cld

लुम्बिनी  प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा थप प्रचारप्रसार गर्न उद्देश्यले महोत्सवको पत्रकार सम्मेलन बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा गरिएको वाणिज्य सङ्घका अध्यक्ष गणेश कुँवरले बताउनु भयो । उहाँले महोत्सवमा एक लाख मानिसले अवोलकन गर्ने विश्वास लिएको बताउनु भयो । 

बर्दियाको पर्यापर्यटन र घुम्न जाउँ बर्दिया कार्यक्रम सफल बनाउन पनि महोत्सवको आयोजना गरिएको वाणिज्य सङ्घको  वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताउनुभयो । उहाँले ठाकुरबाबा नगरपालिकाको प्रमुख उद्योग नै पर्यटन भएकोले पनि यसको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको  जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘महोत्सव अवधीमा ठाकुरबाबा नगरपालिका घुम्न आउने पर्यटकको लागि निकुञ्जको आसपासमा रहेका होटल व्यवसायीसँग बसेर पर्यटकका विशेष प्याकेट घोषणा गर्ने गरि काम गर्ने तयारी भएको छ ।’

त्यसैगरी वाणिज्य सङ्घका महासचिव गोपाल निरौलाले महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएको स्टललाई विशेष प्राथमिकतामा राखेर निःशुल्क स्टल राख्न दिने व्यवस्था मिलाउने तयारी भएको बताउनु भयो । उहाँले महोत्सवमा एक सय २० स्टल राख्ने तयारी गरिएको र  विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका आविष्कारलाई प्राथमिकता राखिएको बताउनु भयो । 

महोत्सव माघ १४ गतेदेखि २४ गतेसम्म  भुरिगाउँ बजारमा सञ्चालन हुनेछ  । महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.