कृष्णसार अनलाइन । दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले १३ औँ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा सहकारी संस्थाले साधारण सभामा नौ करोड ९७ लाख ३८ हजार रुपैँया बराबरको कुल कारोबार सार्वजनिक गरेको छ ।
२०६८ सालमा ५७ जना शेयर सदस्यहरुबाट ५७ हजार शेयर पुँजीबाट सुरु गरेको सहकारीले हाल सात सय ७२ जना शेयर सदस्यको ३२ लाख ४७ हजार ९ सय शेयर पुँजी सार्वजनिक गरेको छ । हाल सहकारीको पाँच करोड ५५ लाख ६९ हजार ३१ रुपैयाँ बराबरको कुल पुँजी रहेको संस्थाका व्यवस्थापक मुक्ति पौडेलले बताउनु भएको छ ।
५७ जना महिलाहरुको सहभागितामा सुरु भएको सहकारीमा हाल सम्म महिलाहरु मात्रैले सहकारी सञ्चालन गरिरहेका छन् । सहकारीले गुलरिया नगरपालिकाको वडा नं २, ३, ४ र ५ नं वडाका महिलाहरुलाई उद्यमी बनाउनका लागि महत्वपुर्ण भुमिका खेलेको छ । पशुपालन मार्फत दुध र मासुजन्य उत्पादन र बजारीकरण गरीरहेको छ । त्यसैगरी व्यवसायीक रुपमा केरा खेती गरी केराको बजार व्यवस्थापनका लागि केरा पकाउने च्याम्बर सञ्चालन गरेको छ । कृषकहरुको सुविधाको लागि संस्थाले रासायनिक मलको कारोबार समेत गरेको छ । पशुपालन गर्ने कृषकहरुका लागि दाना खरिद विक्रि गर्ने गरेको छ । सहकारी संस्थाका चार सय १५ जना सदस्यहरुले बाख्रा पालन गर्ने भएको हुनाले खसी बोका संकलन गरि देशका विभिन्न स्थानमा पठाउने कार्य गर्दै आएको छ ।
त्यसैगरी सहकारीले स्थापनाकाल देखि नै कृषकहरुका लागि बचत तथा ऋण सुविधा दिएको छ । हाल संस्थामा कुल बचत दुई करोड दुई लाख ८४ हजार रहेको छ भने ऋण लगानी एक करोड ५९ लाख ६६ हजार रहेको छ ।
साधारण सभाको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले महिलाहरुको सहभागितामा सञ्चालन भएको यस सहकारी नगरपालिका मै उत्कृष्ट भएको बताउनु भयो । उहाँले महिलाहरुलाई उद्यमी बनाई
गुलरिया नगरपालिकामा ६६ ओटा सहकारी भएको बताउँदै नगरपालिका र वडाहरुले यस अघि नै यस सहकारीलाई विभिन्न सहयोग गर्दै आएको बताउनु भयो ।
कृषकहरुको लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनु भयो । कृषकहरुलाई सिचाईको लागि मोटर वितरण विद्युतीकरण, स्प्रे ट्याँकी लगाएतका सहयोग गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी गुलरिया नगरपालिका वडा नं ४ का वडाध्यक्ष सुरेश पौडेलले उद्यमीहरुलाई सदैव सम्मान गर्ने बताउनु भयो । बजेट अभावले गर्दा सबै पक्षलाई सोचेअनुसार समेट्न नसकिएको बताउनु भयो ।
इन्द्र लुइटेलले हेफरले बनाएको समुहबाट सुरु भएको सहकारीले यति ठुलो प्रगती गरेकोमा खुसी व्यक्त गर्नुभयो । केही कृषकहरुले खराब दुध सहकारीमा ल्याउनाले गत आर्थिक बर्षमा सहकारीले सोचेअनुसारको मुनाफा गर्न नसकेको बताउनु भयो । उहाँले इमान्दारका साथ शेयरसदस्यहरुले सहकारीलाई दुध विक्रि गर्ने हो भने सहकारीले धेरै नै फाइदा पाउने र त्यो फाइदा शेयर सदस्य सम्म पुग्ने बताउनु भयो ।
हेफर इन्टरनेशनलका नेपाल नेपालगञ्जका प्रमुख प्रकाश केसीले नेपालमा काम गर्ने क्रममा १५ हजार भन्दा बढि स्वावलम्बी समुह र दुई सय ५० भन्दा बढि सहकारीहरु रहेको बताउनु भयो । उहाँले हेफर इन्टरनेशनलले प्रर्वद्धन गरेका सहकारी मध्ये दिगोपन सहकारी पनि उत्कृष्ट सहकारी भएको बताउनु भयो । हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत प्रदिप शर्माले सहकारी संस्थाको आर्थिक अवस्था हेर्दा राम्रो रहेको बताउनु भयो । सहकारीलाई अझ थप व्यवस्थीत बनाएर लैजानु पर्ने बताउँदै हेफर इन्टरनेशनल सहयोग गर्न तयार रहेको बताउनु भयो ।
साधारण सभाको उद्घाटन शत्रको समापन गर्दै हेफरले सञ्चालन गरेको समुहबाट सुरु भएको सहकारी हाल सम्म आउँदा सबैको सहयोगले यो स्थितीमा ल्याउन सफल भएको बताउनु भयो । उहाँले महिलाहरुलाई उद्यमी बनाउने हाम्रो उद्देश्य भएको हुनाले यस तर्फ सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा उत्कृष्ट दुध उत्पादक कृषक, समयमा ऋण बुझाउने उत्कृष्ट ऋणी, जेष्ठनागरीक महिला, एकल महिला लगाएतकालाइ सम्मान गरिएको थियो । त्यसैगरी सरस्वती प्राथमिक विद्यालय पण्डितपुरमा अध्ययन गर्ने दुई जना बालबालिकालाई छात्रवृति स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको थियो ।