bardiyahospital

कोरोना पीडित कृषकलाई मकैको विउ वितरण

Geruwa GIF

गुलरिया ।
बर्दियामा पाँच सय ५४ जना कृषकलाई मकैको विउ वितरण गरीएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले कोभिड – १९ बाट प्रभावित कृषकहरुलाई हिउँदे मकैको विउ वितरण गरेको हो ।


गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका मकै खेती गर्न इच्छुक कृषकहरुको छनौट गरी दलित महिला उत्थान संघ बर्दियाले मकैको विउ वितरण गरीरहेका छ । मकै खेती गर्ने ५ सय ५४ जना कृषकहरुलाई उनीहरुले खेती गर्न चाहेको जग्गाको क्षेत्रफल अनुसार विउ वितरण गरीरहेको हो । गुलरिया नगरपालिकामा १, ३, ७,८,९, १० र ११ नं वडा, मधुवन नगरपालिकामा २,३, ५, ७ र ९ नं वडा र बढैयाताल गाउँपालिकामा १,२,७ र ८ नं वडामा मकैको विउ वितरण गरीने भएको छ । गुलरिया नगरपालिकामा दुई सय जना, मधुवन नगरपालिकामा ९४ जना र बढैयाताल गाउँपालिकामा दुई सय ७० जना कृषकहरु विउ वितरण कार्यक्रमबाट लाभान्वित भएका छन् ।

cld


प्रति कठ्ठा ८ सय ग्रामको दरले दुई हजार तिन सय ९५ कठ्ठा जग्गामा मकै खेती गर्न एक हजार ९ सय १६ किलोग्राम मकैको विउ वितरण गरीएको दलित महिला उत्थान संघ की कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो । उहाँले मकैको विउ वितरण मंगलबार देखि सुरु गरीएको छ । विशेषगरी कोभिड –१९ बाट प्रभावित र भारतीय सिमावर्ती क्षेत्रका कृषकहरुलाई मकैको विउ वितरण गरीएको कार्यक्रम संयोजक नेपालीले बताउनु भयो ।

विउ पाएपछि कृषकहरुले राहत महसुस गरेका छन् । आर्थिक अभावका कारण विउ खरिद गर्न नसक्ने कृषकहरुलाई हिउँदे मकैबाली लगाउन सहज हुने भएको छ । मकैको उत्पादन भएपछि जिल्लामा रहेका सहकारीहरुसँग समन्वय गरी बजारीकरण समेत सहज बनाउन दलित महिला उत्थान संघ बर्दियाले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.