Division forest_Ads
Barista_Training

भ्यालेन्टाइन -डे र रातो गुलाफ

(कविता )

Geruwa GIF
             प्रकाश पौडेल गुलरिया ०४ बर्दिया

 

भ्यालेन्टाइन- डे ( प्रेम दिवस )

रातो गुलाफ ( प्रेम प्रतीक फूल )

मैले आजसम्म नबुझेको एक प्रश्न !

भ्यालेन्टाइन -डेमा फूल दिएर प्रेम हुन्छ र ?

 

“प्रेम निर्माण हो, यसले सृजना गर्छ “

मैले बुझेको एउटा अ(सत्य) यहीँ हो

त्यसपछि हो मैले मेरो जिन्दगी आदत फेरेको र

प्रेमिकालाई रातो गुलाफ दिन छोडेको

 

म कसरी हत्या गरुँ ती मुस्कुराइरहेका फूलहरुको

Basgadhi PSA_final

तपाईं जेसुकै भन्नुहोस् मलाई कुनै प्रवाह छैन

यसपटक पनि म उसको स्मृतिमा रातो गुलाफ रोप्ने छु

र रमाउदै मनाउने छु १४ फेब्रुअरीमा भ्यालेन्टाइन -डे

 

दुनियाँलाई दिने छु एउटा नयाँ नारा

ए संसारभरका प्रेमिहरु हो एकजुट भएर आउ

यसपटक रातो गुलाफ बाँडेर होइन

आ- आफ्नो आँगनमा गुलाफ रोपेर भ्यालेन्टाइन – डे मनाउ

 

यो दुनियाँलाई देखाउनुपर्ने छ प्रेम निर्माण हो

आउँ एउटा नयाँ युगको शंख उद्घोष गरौं

नयाँ आविष्कार गरौ नयाँ, सृजना गरौ

रातो गुलाफलाई दिघार्यु बनाउ भ्यालेन्टाइन- डे मनाउ ।

Leave A Reply

Your email address will not be published.