bardiyahospital

नियम विपरित बहिनीलाई जागिर 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखले आफ्नै सहोदर बहिनीलाई जागिर खुवाएको पाइएको छ ।  कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डाक्टर कलावती विश्वकर्माले सुशासन ऐन र आर्थिक नियमावली मिचेर नियम विपरित बहिनी विद्या विश्वकर्मालाई जागिर खुवाएको पाइएको हो । 

कार्यालयमा स्थायी पदमा रही काम गरिरहेका कार्यालय सहयोगीको जागिर अवधि सकिए पछि कार्यालयमा कार्यालय सहयोगीको पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा कार्यालय प्रमुख डाक्टर विश्वकर्माले विना प्रतिस्पर्धा २०८० बैशाख ५ गतेका दिनबाट करार सम्झौता गरी बहिनीलाई नियुक्ति पत्र दिएर जागिर खुवाएको पाइएको छ । बहिनीलाई कार्यलय सहयोगीको  पदमा जागिर खुवाएको भएपनि बहिनीले कार्यालयमा रहेको फार्मेसीका बस्ने र खासै काम नगर्ने स्रोतले जनाएको छ । कार्यालयको स्कुटरमा कार्यालयमा प्रमुखको बच्चालाई स्कुल ल्याउने र लैजाने बाहेकको अन्य काम नगर्ने स्रोतको दाबी  रहेको छ । 

cld

कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा लोकसेवा वा स्वास्थ्य मन्त्रालयबाट  कुनै स्थायी वा अस्थायी कर्मचारी नआएकोले सार्वजनिक खरिद  ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ को खण्ड ‘क १’ बमोजिम करारमा नियुक्ति गरेको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र वैद्य निरीक्षक एवम् सूचना अधिकारी लोकराज पाण्डेले जानकारी दिनुभयो । 

कार्यालय प्रमुखले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा सोझै सामान खरिद सम्बन्धी व्यवस्था रहेको छ । नियमावलीको नियम ८५ को उपनियम १ मा भनिएको छ – ऐनको दफा ४१ को उपदफा १ को खण्डमा (क) बमोजिम खरिद गर्दा उपनियम (४) को अधीनमा रही खरिद गर्न सकिने व्यवस्था नियमावलीमा रहेको छ । तर सोही सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६१ मा सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण सम्बन्धी व्यवस्थामा भनिएको छ । सो आचरण विपरित कार्यालय प्रमुखले आफ्नै बहिनीलाई विना प्रतिस्पर्धा कानुन विपरित करारमा नियुक्ति गरेकी छन् ।  

त्यसैगरी स्वार्थको द्वन्द्व बाझिन नहुने गरीले कर्मचारी छनौट गर्न नहुने सुशासन व्यवस्थापन तथा सञ्चालन ) ऐन, २०६४ ले व्यवस्था रहेको छ । ऐनको दफा १८ मा कानुन अनुसार निर्णय गर्ने पदाधिकारीले आफ्नो स्वार्थ, हित तथा सरोकार भएको तथा आफ्ना नातेदारलाई फाइदा पुग्नेबारे निर्णय लिन नहुने प्रावधान छ । त्यस्तो अवस्थामा आफू सरहको कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने सो नभएमा एक तहमाथिको पदाधिकारीलाई सुम्पनुपर्ने व्यवस्था छ । तर कार्यालय प्रमुखले त्यस्तो कार्य गरेको देखिन्न ।

नियम विपरित जागिरको खुवाएको विषयमा सोधखोज गर्दा आयुर्वेद चिकित्सक डाक्टर कलावती विश्वकर्माले आर्थिक कार्यविधि अनुसार जागिर खुवाएको दावी गर्नुभयो । 

 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.