Krishnasar_Dubble Ad
Barista_Training

नियम विपरित बहिनीलाई जागिर 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखले आफ्नै सहोदर बहिनीलाई जागिर खुवाएको पाइएको छ ।  कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डाक्टर कलावती विश्वकर्माले सुशासन ऐन र आर्थिक नियमावली मिचेर नियम विपरित बहिनी विद्या विश्वकर्मालाई जागिर खुवाएको पाइएको हो । 

कार्यालयमा स्थायी पदमा रही काम गरिरहेका कार्यालय सहयोगीको जागिर अवधि सकिए पछि कार्यालयमा कार्यालय सहयोगीको पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा कार्यालय प्रमुख डाक्टर विश्वकर्माले विना प्रतिस्पर्धा २०८० बैशाख ५ गतेका दिनबाट करार सम्झौता गरी बहिनीलाई नियुक्ति पत्र दिएर जागिर खुवाएको पाइएको छ । बहिनीलाई कार्यलय सहयोगीको  पदमा जागिर खुवाएको भएपनि बहिनीले कार्यालयमा रहेको फार्मेसीका बस्ने र खासै काम नगर्ने स्रोतले जनाएको छ । कार्यालयको स्कुटरमा कार्यालयमा प्रमुखको बच्चालाई स्कुल ल्याउने र लैजाने बाहेकको अन्य काम नगर्ने स्रोतको दाबी  रहेको छ । 

कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा लोकसेवा वा स्वास्थ्य मन्त्रालयबाट  कुनै स्थायी वा अस्थायी कर्मचारी नआएकोले सार्वजनिक खरिद  ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ को खण्ड ‘क १’ बमोजिम करारमा नियुक्ति गरेको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र वैद्य निरीक्षक एवम् सूचना अधिकारी लोकराज पाण्डेले जानकारी दिनुभयो । 

Basgadhi PSA_final

कार्यालय प्रमुखले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा सोझै सामान खरिद सम्बन्धी व्यवस्था रहेको छ । नियमावलीको नियम ८५ को उपनियम १ मा भनिएको छ – ऐनको दफा ४१ को उपदफा १ को खण्डमा (क) बमोजिम खरिद गर्दा उपनियम (४) को अधीनमा रही खरिद गर्न सकिने व्यवस्था नियमावलीमा रहेको छ । तर सोही सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६१ मा सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण सम्बन्धी व्यवस्थामा भनिएको छ । सो आचरण विपरित कार्यालय प्रमुखले आफ्नै बहिनीलाई विना प्रतिस्पर्धा कानुन विपरित करारमा नियुक्ति गरेकी छन् ।  

त्यसैगरी स्वार्थको द्वन्द्व बाझिन नहुने गरीले कर्मचारी छनौट गर्न नहुने सुशासन व्यवस्थापन तथा सञ्चालन ) ऐन, २०६४ ले व्यवस्था रहेको छ । ऐनको दफा १८ मा कानुन अनुसार निर्णय गर्ने पदाधिकारीले आफ्नो स्वार्थ, हित तथा सरोकार भएको तथा आफ्ना नातेदारलाई फाइदा पुग्नेबारे निर्णय लिन नहुने प्रावधान छ । त्यस्तो अवस्थामा आफू सरहको कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने सो नभएमा एक तहमाथिको पदाधिकारीलाई सुम्पनुपर्ने व्यवस्था छ । तर कार्यालय प्रमुखले त्यस्तो कार्य गरेको देखिन्न ।

नियम विपरित जागिरको खुवाएको विषयमा सोधखोज गर्दा आयुर्वेद चिकित्सक डाक्टर कलावती विश्वकर्माले आर्थिक कार्यविधि अनुसार जागिर खुवाएको दावी गर्नुभयो । 

 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page